20240805

Breaking News: जनता जनता जस्ता छन र झोले, स्वार्थी मात्र छैनन भने, राष्ट्रको सेना राष्ट्रिय सेना जस्तो छ भने, जनता जब सडकमा आउंछन नि त्यहाँका शासकले पद मात्र छोड्दैनन देश छोडेर भाग्नु पर्छ, भाग्छन्, श्रीलँका पछि आज बाङ्ग्लादेशमा ठ्याक्कै त्यस्तै भयो !


Updated : बाङ्ग्लादेशमा सेना प्रमुख जनरल वकारले एक सार्वजनिक सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा बाङ्ग्लादेश एक अन्तरिम सरकार बन्ने बताए ।  सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बाङ्ग्लादेशका लागि काम गर्नेछ । ’

 जनता जनता जस्ता छन र झोले, स्वार्थी मात्र छैनन भने, राष्ट्रको सेना राष्ट्रिय सेना जस्तो छ भने, जनता जब सडकमा आउंछन नि त्यहाँका शासकले पद मात्र छोड्दैनन देश छोडेर भाग्नु  पर्छ, भाग्छन्, श्रीलँका पछि आज बाङ्ग्लादेशमा ठ्याक्कै त्यस्तै भएको छ । सरकार विरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छिन । उनी लगत्तै हेलिकोप्टर चढेर भारत तर्फ भागेको बताइएको छ । लाखौं

प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए। सरकारविरोधी आन्दोलनका क्रममा कैयौंको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट लाखौं प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए।    

हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट हेलिकप्टर चढेर देशबाट भागेको पुस्टि भएको छ । हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ। ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो। बाङ्ग्लाभाषाको पत्रिका 'प्रोथोम आलो'को अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले 'साउन्ड ग्रिनेड' र अश्रुग्यास प्रहार गरेको थियो। ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु पनि भएको छ।


जुलुस हिंसक बन्न सक्ने आशङ्का गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ। सेनाप्रमुख वकार-उज-जमानले स्थानीय समयानुसार अपराह्ण २ बजे सम्बोधन गर्न लागेका बताइएको थियो। ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको छ। ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिन्छन्। प्रदर्शनकारी र प्रहरीबीच आइतवार ठाउँठाउँमा भिडन्त भएको थियो। BBC का अनुसार अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिन्छ। सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन। स्थिति नियन्त्रणमा लिन सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यू घोषणा गरेको थियो।

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ। त्यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुन: कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्। प्रहरीले विरोध प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको थियो।

प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले प्रदर्शनकारी विद्यार्थीहरूलाई “आतङ्कवादी”को सङ्ज्ञा दिएकी थिइन्। उनले आफ्नो इलाकामा प्रदर्शन हुन नदिन देशवासीहरूलाई आह्वान गरेको बीबीसी बाङ्ग्लाले जनाएको थियो। विद्यार्थीहरूको प्रदर्शन नियन्त्रण गर्ने उद्देश्यले विगत केही सातामा झन्डै विपक्षी दलका १०,००० समर्थक र विद्यार्थीहरूलाई पक्राउ गरिएको थियो। आइतवारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान गरेका थिए। प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले पनि आइतवार नै देशैभरि र्‍यालीको आयोजना गरेको थियो।


 बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडिसकेपछि पनि प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको भीड जम्मा भएको थियो ।  उनीहरु कर्फयुको आदेशपनि अवज्ञा गर्दै त्यहाँ ढुंगामुढा गर्न पुगेको जनाइएको छ । त्यहाँ आन्दोलनकारीले उनको आवासमा ढुंगामुढा गरेका थिए । 



सेनाले समर्थन नगरेका कारण हसिना भागेको पाइएको छ । त्यहाँका सेनापतिले  जनताको भावना विपरीत नजाने बताए । बंगलादेशमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासबाट कुर्सी र सोफा लगेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री निवास गणभवनबाट प्रदर्शनकारीहरूले कुर्सी र सोफा उठाएर लगेका हुन्। अहिले ढाकामा हजारौं प्रदर्शनकारीहरू सडकमा छन्। ठूलो संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास छिरेका थिए।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक