उसका अनुसार मानवीय कार्यमा सक्रिय रहेका मानिसको सङ्ख्या कम हुँदै जानु र मानवीय सेवा लिनेको सङ्ख्या उच्चस्तरले विश्वमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै विभिन्न देशमा बढ्दै गएको हतियारसहितको द्वन्द्वले अमानवीयता बढाएको दाबी गरिएको छ । जसको मूल्य आममानिस र मानवीयताका लागि खटिनेले चुकाउनुपरेको सङ्घले प्रस्ट पारेको छ ।
मानवीय कार्यमा सक्रिय रहेका र मानवीयताका लागि जोडिएको सम्पत्तिमाथि बारम्बार भइरहेको निरन्तरको आक्रमण तत्काल रोक्नुपर्नेमा उसले जोड दिएको छ । विश्व मानवीय दिवसका अवसरमा आममानिस र सार्वजनिक सम्पत्तिको विनाश रोकिनुपर्ने औँल्याउँदै सङ्घले विश्वमा भइरहेका हिंसा, दण्डहीनताको अन्त्य गर्नसमेत माग गरेको छ ।
विश्वका शक्ति राष्ट्रहरूलाई सम्बोधन गर्दै जारी वक्तव्यमा ती शक्तिले आफूले मानवीयता रक्षाको प्रतिबद्धता स्मरण गर्दै हिंसाबाट मानवीयताको यात्रामा सहभागी हुन अपिल गरिएको छ ।
विश्वका विभिन्न मुलुकमा उत्पन्न द्वन्द्वमा पीडितको सेवा गर्ने जनशक्तिको अभाव हुँदै गएकाले ती शक्ति राष्ट्रले आमजनता, मानवीय कार्यमा सक्रिय रहेका क्षेत्रमा आक्रमण गर्न छाड्नुपर्ने जिकिर गरिएको छ ।
इजरायल–गाजा युद्धका कारण विगत छ महिनामा मात्र ३० हजार मानिसको ज्यान गएको छ । आक्रमणका क्रममा १५० भन्दा बढी मानवीय कार्यमा सक्रिय रहेका कार्यकर्ता मारिएका छन् ।
युद्ध र द्वन्द्वमा प्रभावित १४ करोड ६५ लाख मानिसको सहयोगका लागि ४८ अर्ब ६५ करोड अमेरिकी डलर बराबरको खर्च आवश्यक रहेको जनाइएको छ । विगत छ महिनामा गत वर्षभन्दा कम १२ अर्ब २६ करोड डलर मात्र प्राप्त हुँदा काम गर्न अप्ठ्यारो परेको स्पष्ट पारिएको छ ।
पछिल्लो समय सुडानमा भएको आक्रमणपछि त्यहाँका जनताले अत्यावश्यक सामग्रीसमेत पाउन नसकेको जनाइएको छ । सन् २०२२ मा भन्दा सन् २०२३ मा मानवीय सेवामा खटिएका दोब्बरले मारिएका छन् । सन् २०२२ मा ११८ जना मारिएका थिए । गत वर्ष २६१ जना मारिएका छन् । अरू ७८ जना बन्धक बनाइएका छन् भने १९६ जना घाइते छन् ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक