20240806

गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु, नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार एवं शवको पहिचान


 गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ बिसौना बस्ने विष्णु विक र हुमा विकको घर बगाउँदा चारजनाको ज्यान गएको हो । मृत्यु हुनेहरुमा ४५ बर्षिय गोरे विक, ६७ बर्षिय हुकुम विक, ६६ बर्षिया मसुरी विक र दुई बर्षिय रियन्सी विक रहेका छन् । पहिरोमा परी दुई जनालाई सकुशल उद्धार गरिएको छ । ३१ बर्षिया विष्णु विक र उनको श्रीमती २३ बर्षिय मुना विकलाई उद्धार गरिएको स्थानीय संचारकर्मी माधव खरेलले जानकारी दिए ।

सकुशल उद्धार गरिएपनि विष्णुको दाहिने खुट्टा र छाती एवं मुनाको बाँया खुट्टामा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि पठाउने तयारी भइरहेको छ । गएरातिदेखि परेको अविरल बर्षाका कारण बिहान ८ बजे पहिरोले घर पुरिएको खरेलले बताए । मुसिकोटमा रहेको नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार एवं शवको पहिचान गरिएको हो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक