20240806

बाग्लुङमा पहिरोमा पुरिएर सातजनाको मृत्यु, अति भारी वर्षा हुनसक्ने र यसले पाँच वटा प्रदेशका ३४ जिल्ला उच्च जोखिममा, काठमाडौं उपत्यका पनि बाढीले बिजोक


बाग्लुङमा पहिरोमा पुरिएर सातजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जिवितै उद्धार गरिएको छ । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुईजना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँचजनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । पहिरोमा पुरिएका चारजनाको जिवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । 

उता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन २३ गतेसम्म देशका ३४ जिल्लामा बाढीपहिरोको उच्च जोखिम रहेको बताएको छ । बाढीपहिरोको सम्भावित जोखिम रहेका ती जिल्लामा आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । मंगलबार (आज) र बुधबार (भोलि) भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले पाँच वटा प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार उच्च जोखिममा रहेका जिल्लाहरूमा कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने वाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा छन् । त्यसैगरी गण्डकी प्रदेशमा म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा उच्च जोखिममा छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम उच्च जोखिममा छन् । सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

बाढीले बिजोक, जलमग्न बन्यो तरकारी बजार

वर्षाले काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी आएको छ । सडक, बस्ती जलमग्न बनेको छ । वाग्मती, विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत नदीमा बाढी आएको छ । बाह्रखरीका अनुसार काठमाडौंको बल्खुमा रहेको तरकारी बजारमा बाढी पसेर जलमग्न बनेको छ । त्यस्तै, ललितपुरको लगनखेलमा रहेको तरकारी बजार पनि जलमग्न बनेको छ । 

तस्बिरहरू हेर्नोस्

Badi_Ktm-(15)-1722941867.jpg

 

Badi_Ktm-(11)-1722941866.jpg


Badi_Ktm-(10)-1722941865.jpg

Badi_Ktm-(18)-1722941867.jpg

Badi_Ktm-(22)-1722941868.jpg

Badi_Ktm-(24)-1722941869.jpg

Badi_Ktm-(23)-1722941869.jpg

Badi_Ktm-(19)-1722941868.jpg

Badi_Ktm-(20)-1722941868.jpg

Badi_Ktm-(17)-1722941867.jpg

Badi_Ktm-(21)-1722941868.jpg

Badi_Ktm-(12)-1722941866.jpg

Badi_Ktm-(13)-1722941866.jpg

Badi_Ktm-(14)-1722941866.jpg

Badi_Ktm-(5)-1722941865.jpg

Badi_Ktm-(6)-1722941865.jpg

Badi_Ktm-(7)-1722941865.jpg

Badi_Ktm-(8)-1722941865.jpg

Badi_Ktm-(9)-1722941865.jpg

Badi_Ktm-(2)-1722941864.jpg

Badi_Ktm-(3)-1722941864.jpg

Badi_Ktm-(4)-1722941864.jpg

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक