20240804

यदि म नेपालमा कुनै पनि शहरको मेयर भएको भए के गर्थें ?

 - डा. रामहरि सुबेदी 

सबैलाई थाहा छ प्रबिधीले नै बिकसित र अबिकसित देशहरुको भिन्नता छुट्ट्याएको छ । बास्तबमा भन्ने नै हो भने बिकसित देशहरुले टेक्नोलोजीलाई ब्यबस्थित ढंगले अधिकतम प्रयोग गरेर सबै क्षेत्रहरुमा धेरै अबसरहरु सृजना गरेका छन ।  तर अबिकसित देशहरुले अब्यबस्थित रुपले टेक्नोलोजीको प्रयोग नगरेको कारण अत्यन्त कम अबसरहरु सृजना गरेका छन । यि मध्ये म दुईवटा उधाहरण दिने प्रयास गर्ने छु ।  

राजधानीका अधिकाँश सडकहरुमा मानिस हिंडने पेटी १० देखि १५ फिट फराकिला छन । आजभोली गएर अबलोकन गर्ने हो भने मानिसहरुको सडक पेटिमा हिँडने कुरा धेरै घटिसकेको छ । बैदेशिक रोजागरीको एउटा कारण पनि हो ।  बस्तुहरु खरिद गर्नको लागि आजभोली प्राय साधन लिएर जाने गर्दछन । सडक पार्किङको ब्यबस्था भैदिनेहो भने सुल्क तिर्न कुनै हिचकिचाहट हुँदैन । 

पसल अगाडी पार्किङ्गको कारण १ एउटा सामान खरिद गर्नेले प्राय अरु सामानहरु पनि खरिद गर्दछन । जस्ले गर्दा ब्यापारीको भोलुम बढ्यो, थप रोजगार सृजना गर्न सकियो ।  बास्तबमा भन्ने हो भने काठमाण्डौका प्रायजसो सडक पेटिहरु ३ फिट चौडाई भन्दा ठोलो पेटी बनाउनु पर्ने आबश्यकता देखिंदैन । न्युरोड, सुन्धारा, ठमेल, दरबारमार्ग वरपर, पुल्चोक, थापाथली, कलंकी, बानेश्वर लगायत हजारौं यस्ता स्थानहरु छन जाहाँ पसलहरु आगाडीनै सडक पार्किङको सजिलै ब्यबस्था गर्न सकिन्छ ।

एकपटक बिकसित राष्ट्रको तुलना गरौं:  मानौ अमेरिकाको राजधानी वाशिङ्गटन डिसी जस्को जनसंख्या ७ लाखको हारहारीमा छ । बिगत केहि बर्ष अधि गरेको सर्भेक्षण अनुसार वाशिङ्गट डिसीबासीहरुको प्रतेकको भागमा $१५० डलरको पार्किङ भायोलेसन टिकट पर्ने रहेछ । उक्त भायोलेसनबाट मात्रै बार्षिक $१०५,०००,००० मिलियन डलर संकलन हुने रहेछ । ह्वाईट हाउसको १ ब्लक अगाडी र १ ब्लक पछाडी बाहेक प्रतेकबाटोमा करिब २० हजार मिटर पार्किङ्ग राखिएको छ जस्ले $८ मिलियन डलर संकलन गर्ने गरेको छ । त्यस्तै गरि ७ लाख रेसिडेन्सियल पार्किङबाट पर ब्यक्ती $५५८ डलरको दरले $३९७ मिलियन डलर बार्षिक संकलन हुने गर्छ ।

संसारका बिकसित देशहरुको हर कोहि सहरहरुमा यसरि नै यहि सिष्टमले काम गरेको छ । नेपालका राजधानीमा पनि यहि ब्यबस्था गर्न सकिदैन भन्ने सबाल उठाउनु भनेको हामिले बाहिरको बस्तुस्थितीको अध्ययन गर्न नसक्नु र प्रबिधीलाई ब्यबस्थित ढंगले प्रयोग गर्न नसक्नु नै हो ।

यदि सुल्क लिएर संम्भाबित सबै ठाउँहरुमा (३ मिटर भन्दा फरालिका सडकपेटीहरु) ब्यबस्थित, अत्याधुनिक प्रबिधी युक्त पार्किङ्ग सिष्टम राख्न सकिन्छ । यस्को लागि प्रतेक वार्डहरुमा पार्किङ्ग सर्भर सब-डाटासेन्टर र नगरपालीकामा मेन डाटा सेन्टर राख्न सकिन्छ ।

जस्तो मानौ त्रीचन्द्र कलेज देखि राजदरबारसंम्मको दुरी करिब ५०० मिटर छ, जस्मा २५० कार र ५०० मोटरसाईकलहरुलाई (मान्छेले हैन टेक्नोलोजीमय सिष्टमले) शुल्क लिएर  कारबाट मात्रै रु २५,००० र मोटरसाईकलबाट रु २५,०००  गरि रु ५०,००० प्रतिघण्टा उठाउन सक्छ । १२ घण्टा पार्किङ गर्दा प्रतेक दिन ६ लाख र मासिक १ करोड ८० लाख उठाउन सक्छ । 

माथि भने जस्तै पार्किङ्ग डाटासेन्टरकको लागि दक्ष जनशक्ती जस्मा : कम्प्युटर ईन्जिनियन, डाटा साईन्टिष्ट, नेटवोर्क ईन्जिनियर, प्रोग्रामर, टेष्टर, डेभेलोपर, हेल्पडेस्क जस्ता दक्ष जनशक्तीहरुलाई रोजगार दिन सकिन्छ । जुनकुरा मैले पहिले देखिनै भन्दै आएको "कम्तिमा मासिक २ लाख" दिन सकिने छ । दरबारमार्गको ५०० मिटरले मासिक कम्तिमा पनि ५० वटा गुड पेयङ्ग जब सृजना गर्न सक्छ । 

अब आँफै भन्नुस १५ लाख जनशक्ती भएको राजधानीका यति धेरै ठाउँहरु छन जाहाँ टेक्नोलोजीको उच्चतम प्रयोग  गरि नगरपालिकाले ट्राफिक लाईट, टोल रोड, पार्किङबाट मात्रै मासिक अरबौं संकलन गरि लाखौँ रोजगार सृजना गर्न सक्छ ।

नेपालमा गुड पेयङ्ग जब सृजना गर्न नसके अबको १० बर्षमा करिब १ करोड जनशक्ती बिदेश पलायन हुने छन । बैदेशिक रोजगारले मात्रै कुनैपनि देश लामो समय टिक्नै सक्दैनन । त्यो अबस्थामा लोकल ब्याबसायहरु कुनैपनि चलायमान हुन सक्दैन, राज्यले राजश्व संकलन गर्न सक्दैन, उत्पादन गरिएका बस्तुहरु उपभोग गर्ने जनशक्ती देशमा नरहे पछि "ना रहेगा बाँस ना बजेगा बाँसुरी"। 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक