20240804

बंगलादेशमा स्थिति तनावपूर्ण बन्दै, मुलुकभर जुलुसको आयोजना

बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार मात्रै कम्तीमा २३ जनाको मृत्यु भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर आइतवार साँझ ६ बजेबाट कर्फ्यू घोषणा गरेको हो। गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ। यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राती नौ बजेसम्म खुकुलो बनाइएको थियो।

 सरकारी जागिरमा लागू गरिएको कोटो प्रणालीको अधिकांश प्रावधान खारेज गरिएपनि बंगलादेशमास्थिति भने अझै तनावपूर्ण बन्दै गएको छ । सरकारी पक्ष र विपक्षी पार्टीले छुट्टा–छुट्टै -याली निकाल्ने तयारी गरेसंगै अवस्था तनावपूर्ण बनेको छ । गत जुलाईमा भएको प्रदर्शनका क्रममा झडप हुँदा ज्यान गुमाएका २ सय बढी प्रदर्शनकारीका परिवारलाई क्षतिपूर्ति दिन तथा प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै विपक्षी दलले -यालीको आयोजना गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री शेख हसिनाको पार्टी अवानी लिगले मुलुकभर जुलुसको आयोजना गरेको छ । सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीलाई प्रहरी हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री हसिनाको अन्तर्राष्ट्रिय स्तरमा समेत आलोचना हुँदै आएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक