20240806

गणेश अर्याल प्रजिअ भएर गए पछि जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट, ७७ जिल्लामा रुपन्देही प्रथम


 केही गर्छु भन्ने मान्छे, खुबी भएको मान्छे जहाँ गए पनि, जहाँ भए पनि गर्छ । अघि बढ्छ । यही गरेका छन रुपन्देहीका प्रजिअ गणेश अर्यालले । उनी प्रजिअ भएर गए पछि जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट कार्यालय बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको हो । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०÷०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो । 

त्यसैगरी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ भने तेस्रोमा बागलुङ आएको छ । बागलुङले ९७.६२५ अंक प्राप्त गरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७.५ ल्याएको छ भने पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७५ अंक ल्याएका छन् । पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौँमा गुल्मी प्रशासन आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । त्यसैगरी सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेलधुराले क्रमशः ९६.८७५, ९६.७५, ९६.५६२५ र ९६.४३७५ अंक ल्याएका छन् । 

पहिलो अंक प्राप्त गर्ने रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् । व्यक्तिहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रजिअ अर्यालले गरेका थिए । 

एउटै कम्पनीमा काम गर्ने दुर्गाप्रसाद शर्मासँग भएको विवादका क्रममा छुरी प्रहारबाट साथीको हत्या अभियोगमा साउदी अरबको अदालतले सन् २०१८ सेप्टेम्बर ६ तारिखमा यादवलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय तोकेसँगै पाँच वर्ष कैद पूरा गरेपछि पीडित परिवारसित ‘ब्लड मनी’ सम्झौता गर्न र पीडित परिवारकासित सम्झौता नभएमा मृत्युदण्ड हुने उल्लेख गरेको थियो । पीडकलाई कडा सजाय हुनुपर्ने भन्दै ब्लडमनीमा सम्झौता नगर्ने अडानमा रहेको पीडित परिवारलाई सम्झाई बुझाई सहमतीकालागि मनाउँदै रुपन्देहीका व्यवसायीको सहयोगमा ४६ लाख बढी रकम जुटाएर प्रजिअ अर्यालले जीवन रक्षा गरेको विषय देशव्यापी रूपमा चर्चा पाएको थियो । 

हामीलाई प्राप्त एक अर्को समाचार अनुसार प्रजिअ अर्यालकै सकृयातामा मुलुकमै पहिलोपटक नेपाल–भारत सीमानाका रुपन्देहीको बेलहियामा वाकथ्रु मेसिन गत महिना देखी संचालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको पहल र सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा बेलहिया नाकामा अत्याधु्निक वाकथ्रु मेसिन राखिएको हो । बेलहियामा रहेको पुरानो गेटको बायाँ तर्फ (भारतबाट नेपाल प्रवेश गर्दा) मेसिन राखिएको छ । सम्भवतः नेपाल–भारत सीमा नाकामा यस्तो मेसिन बेलहियामा राखिएको पहिलोपकट हो । विमानस्थलहरुमा राखिए पनि अन्य नाकामा कतै नभएको प्रशासनले जनाएको छ ।

बुधबार गृह सचिव एकनारायण अर्यालले वाकथ्रु मेसिनको शुभारम्भ गरे । उनले मुलुकको शान्ति सुरक्षा कायम राख्न यस्ता उपकरणले महत्वपूर्ण योगदान दिने जनाए । ‘प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेर सीमा क्षेत्रलाई सुरक्षित गराउन गरिएको यो प्रयास सह्रानीय छ’, अर्यालले भने, ‘सबैको सहयोग भयो भने सकारात्मक र दीर्घकालीन काम गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो ।’

उनले सीमा नाकाहरु व्यस्थित बनाउन गृह प्रशासनको तर्फबाट आवश्यक सबै किसिमका काम र सहयोग हुने जनाए । ‘नागरिकको जिउधनको सुरक्षासँगै मुलुकको शान्ति–सुरक्षामा विशेष ध्यान दिएर काम गरिरहेका छौं’, उनले भने, ‘यसका लागि सैब संयन्त्रले चौबीसै घण्टा खटेर काम गरिरहेका छन् ।’ उनले वाकथ्रु मेसिनले अवैध सामान मुलुक भित्रनबाट रोक्ने विश्वास व्यक्त गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले सीमा नाकालाई व्यस्थित गर्ने प्रयास स्वरुप वाकथ्रु मेसिन राखेर काम गरेको जनाए । ‘भारततर्फ जाँदा एक–एक गरेर वाकथ्रु मेसिनमा जाँच गरेर बल्ल प्रवेश दिइन्छ’, उनले भने, ‘नेकपालतर्फ आउँदा अधिकांशलाई सामान्य जाँच समेत हुँदैन । यसैले अब हरेक व्यक्ति नेपाल आउँदा उसको सम्पूर्ण सुरक्षा जाँच हुनुपर्छ भनेर वाकथ्रु मेसिन राखेका हौं ।’ उनले नेपाल प्रवेश गर्ने सबैलाई जाँच गरिने र भारततर्फ जानेलाई पनि शंका लागे त्यहाँ रहेका सुरक्षाकर्मी वाकथ्रु मेसिनमा जाँच गर्ने जनाए ।

‘मेसिन थिएन र समस्या थियो, मेसिन भएपछि जुनसुकै र जस्तोसुकै व्यक्तिलाई पनि जतिबेला पनि जाँच गर्न सकिन्छ’, उनले भने, ‘यसले रुपन्देहीसँगै अन्य क्षेत्रको सुरक्षालाई पनि मजबुत पार्न थप सहयोग मिलेको छ ।’ प्रजिअ अर्यालका अनुसार चीनमा बनेको यो वाकथ्रु मेसिन अत्याधुनिक छ । यसले दैनिक प्रयोगका वस्तुलाई डिटेक्ट गर्दैन । ‘तर, लागूऔषध, विष्फोटक पदार्थ, सुनचाँदीलाई भने डिटेक्ट गर्छ’, उनले भने, ‘यसले सुरक्षालाई मजबुत पार्दै अवैध सामान भित्रन रोक्ने अपेक्षा छ ।’

सिद्धार्थनगर नगरपालिकाको साढे ५ लाख लगानीमा प्रशासनले वाकथु्र मेसिन खरिद गरेको हो । नगर प्रमुख इश्तियाक अहम्मद खाँले सिद्धार्थनगरबासीलाई सुरक्षित र भयरहित वातावरणमा आफ्नो पेसा–व्यवसाय गर्ने तथा दैनिकी संचालन गर्ने अवस्था सिर्जना गर्न प्रशासनसँग मिलेर काम गरिरहेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सुरक्षा महत्वपूर्ण विषयवस्तु भएकाले यसमा नगरपालिकाले प्रशासनको आग्रहलाई स्वीकार गरेर मेसिन खरिदमा सहयोग गरेको जनाए । 

यसै गरी प्रजिअ गणेश अर्यालले अर्को पनि उदाहरणिय काम गरेका थिए । त्यो बेला उनका बारेमा यसरी समाचार आएका थिए हेर्नुस यो पनि :
ब्लड मनिबापत ४६ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग जुटाउँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले धनुषाका रामआशिष यादवको ज्यान जोगाएका छन् ।

यादवलाई साउदी अरबको ताबुक क्रिमिनल कोर्टले सहकर्मी हत्यासम्बन्धी मद्दामा मृत्युदण्डको सजाय सुनाएको थियो। धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भएका रामआशिषले रुपन्देहीको रुपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गाप्रसाद शर्माको हत्या गरेका थिए।

मंगलबार शर्माको परिवारलाई ब्लड मनिबापतको ४६ लाख २५ हजार रुपैया हस्क व्यवस्थापन गरेर प्रमुख जिल्ला अधिकारी अर्यालले यादव मृत्युदण्डको सजायबाट जोगाएका हुन् ।

रुपन्देहीका उधोगी व्यजजवसायीहरुले ३६ लाख २५ हजार र धनुषाबाट यादव परिवारले १० लाख गरि ४६ लाख २५ हजार रकम व्यवस्था भएको थियो ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको सकृयतामा ३० जना ब्यावसायिहरु संग बाट ब्लड मनी बापतको आवस्यक रकम जम्मा गरि पिडक यादवको परिवारका तर्फ वाट पिडित शर्माको परिवारलाई मंगलवार हस्तान्तरण गरिएको छ ।


सन २०१८ मा भएको थियो रुपन्देहीको कन्चनका शर्माको हत्या

सन २०१८ मा रुपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गाप्रसाद शर्मा र धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने राम आशिष यादव साउदी अरबमा एउटै कम्पनीमा काम गर्दै आएका थिए ।

 एउटै कम्पनीमा काम गर्दै आएका उनिहरु एउटै कोठामा बस्ने गर्दर्थे । २०१८ को अक्टोबर ६ मा कोठामै धनुषाका रामआशिष यादवले रुपन्देहीका दुर्गा प्रसाद शर्माको छुरा प्रहार गरि हत्या गरेका थिए ।

साउदीको ताबुक क्रिमिनल कोर्टले सन २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै राम आशिष यादवलाई तत्कालको लागि ५ बर्षको कैद सजायको फैसला ग¥यो । ५ वर्षपछि दुवै जनाको परिवारको विचमा “ब्लड मनि” मा स्म्झौता भए ठिक अन्यथा अन्तिम विकल्प फासीमा जाने अदालतको फैसला थियो ।

साउदीमा रामआशिषले मान्छे मारेको र जेलमा रहेको कुरा थाहा पाए पछि जनकपुरमा रहेकी उनकी श्रीमति रेनो कुमारीले पछि मात्र थाहा पाईन । आर्थिक अवस्था निकै दयनिय रहेका यादवको तिन छोरी छन् । आर्थिक अवस्था कमजोर भएका कारण तिनै जना छोरीहरु बिध्यालय समेत जान पाएका थिएन्न । यादवका १८ वर्षिय आरती यादव, १५ वर्षिय पूजा यादव र १० वर्षिय सन्जु यादव गरि तीन छोरीहरु छन् ।

यादव परिवारमा अदालतले ब्लड मनि तिरे रामआशिष छुट्न सक्ने झिनो आशा देखाएको थियो । उता अदालतको निर्णय कन्सुलर विभाग हुदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसमा तदारुकता देखाए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सकेयता देखाउदा उठ्यौ ३६ लाख रुपैया

रेनो कुमारीका मामा प्रभु यादव पनि भान्जा ज्वाई रामआशिषलाई माफीको आशा सहित रुपन्देही आएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल र रेनोका मामा प्रभु मृतक दुर्गा प्रसाद शर्माको श्रीमति सीता शर्मासित माफीको अपेक्षा सहित पगेका थिए । “सुरुमा उहाँ मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो ।” प्रजिअ अर्यालले भने “हामीले उहाँलाई धेरै प्रकारले आग्रह ग¥यौ, मैले व्यक्तिगत रुपमै आँशु चुहाएरै आग्रह गरे ।”प्रजिअ अर्यालले भने ।

पटक पटकको कुरा गर्दा पनि २–३ महिना सम्म कुरा मिल्न सकेन् । कन्चन गाउँपालिकाका अध्यक्ष, कन्चनकै बासिन्दा रहेका  जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयास पछि सीता ब्लड मनि लिएर माफी दिन तयार भइन । सीताले ब्लड मनि बापत ५० लाख रुपैया मागिन । जुन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । “५० लाखको कुरा सुनेपछि म आशा मारेर जनकपुर फर्किए ।” प्रभु यादवले भने“।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले भने पैसाकै अभावमा कसैलाई मर्न दिनुहुदैन भन्ने पक्षमा थिए । उनले यो कुरा उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई भने । यसको लागि “बास्केट फण्ड” बनाउने कुरा भयो । तत्काल प्रजिअ अर्यालले ५० हजार र दुई जना सहायक प्रजिअले २५ हजार तथा रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५ हजार रुपैयाका दरले जम्मा गरे । उता जिल्लाका ३० जना उद्योगी व्यवसायी समेत गरि ३६ लाख २५ हजार रुपैया जम्मा भयो ।

सिडियो हाम्रा लागी भगवान हुन घरमा फोटो राखेर पुजा गर्दछौ : यादव परिवार

रामआशिष यादवकी श्रीमति रेनो कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन । सबै मिलाई ४६ लाख २५ हजार रुपैया मृतक दुर्गा प्रसाद शर्माको श्रीमति सीता शर्मालाई मंगलवार जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरिएको थियो । ब्लड मनि वापतको रकम बुझ्दै गर्दा सीता डाको छाडेर रोएकि थिईन । यादवका परिवार पनि चिच्याउदै रोए । यो अवस्था नजिक बाट नियालीरहेका प्रमुख जिल्ला अधिकारी पनि रुन लागे संगै माहोल निकै कारुणीक बन्न पुगेको थियो । कारागारमा रहेका यादवकी श्रीमती रेनु प्रमुख जिल्ला अधिकारीलाई भगवानको संज्ञा दिदै अर्यालको खुटटा समाउन पुगीन ।

रुपन्देहीकै युवालाई हत्या गरेका यादवलाई जोगाउन रुपन्देहीकै ब्यावसायिहरुले साथ दिए । एउटाको मृत्यु भईसकेको अवश्थामा अर्कालाई पनि मृत्यु नै दिनु हुदैन भन्ने हाम्रो मान्यता थियो त्यसकारण हामीले यस्तो कठिन अवस्थामा पनि रकम जम्मा गरेका हौ उद्योग बाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने । हामीले दुइटा घरलाई बचाउनका लागि यो प्रयास गरेका हौं उनले भने । ५ वर्षमा रामआशिषले आफुले गरेको कर्मको सजाय भोगेको र यसका बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताए ।

आफुले आशा मारिसकेको अवश्थामा रुपन्देहीका सिडियो र व्यवसायी आफ्नो लागि भगवान भएर आएको रामआशिषकी श्रीमति रेनो कुमारीले बताइन । “मेरो लागि यहाका सिडियो साब भगवान हो, म उहाँको फोटो लगेर भगवान राख्ने ठाउमा राख्छु ।” रेनोले रुदै भनिन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको प्रयासमा र सीता शर्माको उदार ह्ृदयका कारण ५ वर्ष सजाय काटेका रामाआशिष यादव घर फर्किने वातावरण बनेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्झौता गरेको कागज मंगलबार नै कन्सुलर विभाग हुदै साउदी पठाईने बताए । सबै कुरा ठिक रहे अबको करिब एक महिना पछि रामआशिष घर फर्किनेछन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको सकृयतामा हामी करीब ३० जना उधोगी ब्यावसयिहरुको सहयोगमा रकम संगलन गरेका हौ सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने ।
उ बेला बुटवल बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेका गणेश उही बेला देखिकै हक्की र केही गर्छु भन्ने खरो स्वभाबका थिए । अहिले पनि उनमा त्यो केही गर्छु, म सक्छु भन्ने हक्की स्वभाब झन बढी मुखरित भएको देखिन्छ भन्छन रुपन्देही बासीहरु ।    
असारअको पहिलो साता तिर उनको बारेमा यस्तो समाचार आएको थियो मिडियाहरुमा :

सरकारी जग्गा संरक्षणमा डोजर लिएर आफैँ हिँड्छन् रुपन्देहीका सिडिओ


 सरकारी जग्गा संरक्षणलाई प्राथमिकता दिएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अतिक्रमित जग्गा खाली गराउन आफैँ फिल्ड पुग्ने गरेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्वामीले अवैधानिक रूपमा कब्जा गरेको जग्गा प्रजिअ अर्याल आफैँ खटिएर खाली गराएका छन् । प्रशासनले संविधान सभा सदस्यसमेत रहेका गोश्वामीलाई जग्गा खाली गराउन निर्देशन दिँदासमेत अटेर गरेपछि प्रजिअ अर्याल डोजर लिएर पुगेका हुन् ।

गोश्वामीले मसिनामा आफ्नै घरसँग जोडिएको सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरी आफ्नै जग्गासँग गाभेर पोखरी र बगैँचा बनाएका थिए । जग्गा खाली गराउन पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि प्रशासनले डोजर लगाएर तारबार भत्काइदिएको हो । तारबार भत्काउन आइतबार अर्यालको नेतृत्वमा सुरक्षा टोली र लुम्बिनी सांस्कृतिक नगरपालिकाको टोली पुगेको थियो ।

गोश्वामीले सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा गृह मन्त्रालय र प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको थियो । गोश्वामीले सार्वजनिक जग्गा अतिक्रमण गरेको पुष्टि भएपछि प्रशासनले डोजर लगाएर तारबार हटाएको हो । जिल्ला प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्राविधिक टोलीले जग्गा नाप जाँच गरी अतिक्रमण भएको प्रतिवेदन बुझाएपछि डोजर चलाइएको हो ।

प्रशासन कार्यालयले साविक मसिना ६ ख कि.नं.४०३ सार्वजनिक जग्गा (दक्षिण तर्फ जाने बाटोको) प्रवेश स्थानमा तारबार लगाई ब्लक गरेको देखिएकोले सो तार वार हटाई उक्त जग्गा सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी बाटोको रूपमा कायम गर्न निर्देशन दिएको थियो । साविक मसिना ६ ख कि.नं.४०३ सँग जोडिएको पूर्व र पश्चिम तर्फको दुवै पोखरी सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको देखिएको हुँदा दुवै तर्फको मिचिएको जग्गा छोडी संलग्न नक्सांकन बमोजिम बाटो कायम गरी अतिक्रमित स्थान खाली गर्न र साविक मसिना ६ ख कि.नं.३१६ संग जोडिएको पोखरीको उत्तर तर्फ तार बारले घेरी वृक्षारोपण गरिएको स्पष्ट रूपमा देखिएकोले उक्त तारबार हटाई सार्वजनिक कायम गर्ने भनेकामा गोश्वामीले नगरेपछि प्रशासन एक्सनमा उत्रिएको हो ।

नगरपालिकाकै साविक मसिना ६ ख कि.नं.४०३ सार्वजनिक बाटोको उत्तर तर्फ निजी पोखरी र दक्षिण तर्फ सार्वजनिक बाटोको भाग समेत पर्ने गरी पोखरी निर्माण गरेको र दक्षिणतर्फ पनि सार्वजनिक जग्गा समेत भित्र पर्ने गरी तारबार गरी अतिक्रमण गरेको देखिएकोले नक्सामा कायम रहेको सार्वजनिक बाटो कायम हुने गरी पोखरी तर्फ तटबन्ध निर्माण गर्ने र दक्षिण तर्फको तारबार हटाउन प्रशासन कार्यालयले निर्देशन दिइएकामा अटेर गरेपछि डोजर चलाएर सार्वजनिक जग्गा खाली गरेको हो ।

प्रजिअ अर्यालका अनुसार गोश्वामीले करिब १५ कट्ठा सार्वजनिक जग्गा अतिक्रमण गरी तारबार गरेका थिए । सार्वजनिक जग्गाबाट तारबार हटाएको उनले बताए । उक्त जग्गामा बोर्ड राखेर संरक्षणका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकालाई जिम्मेवारी दिइएको छ । गोश्वामीले अन्य स्थानमा पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरी परेकोले प्रशासनले यसबारे थप अध्ययन गर्दै छ ।

त्यसो त प्रमुख जिल्ला अधिकारी अर्यालले गैर कानुनी रूपमा अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन पहल गरिरहेका छन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा, बुटवल उपमहानगरपालिका वडा नं. १७ को रानीगंजमा रहेको सरकारी जग्गा, सिद्धार्थनगर नगरपालिकामा रहेको मृत्यु पश्चात् दाहसंस्कार गर्ने घाट (मसानघाट)को सार्वजनिक जग्गा फिर्ता ल्याउन अर्यालले पहल गरेका थिए ।

‘सार्वजनिक जग्गा संरक्षणमा हामी निर्मम र आक्रामक रूपमा अघि बढेका छौँ,’ उनले भने, ‘प्राप्त भएका सूचना, जानकारी र तथ्यलाई विश्लेषण गरेर प्रशासन अगाडि बढेको छ ।’

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक