20240813

दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश छोडेर भाग्नु पर्‍यो भन्दै नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने चेतावनी


 नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराउनु भयो । उहाँले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराउनु भयो ।

उहाँले सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने रु त्यसबारेमा सोच्नुपर्छ । सरकारले खर्च गरिरहेको छ तर ठिक ठाउँमा गइरहेको छैन । ठिक ठाउँमा पु¥याउन दबाब दिनुहोला । हाम्रो छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाईको सरकार थियो । जहाँको ग्रोथ ११ प्रतिशतले बढिरहेको थियो, अचानक घटना भयो । प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो । यो सामान्य घटना होइन । नेपालमा आर्थिक अवस्था जर्जर छ । राजश्व उठ्छ १०/११ खर्ब, चालु खर्चमा १२/१३ खर्ब हुन्छ । ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ । तर बंगलादेशको त्यो होइन । बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाईको सरकार थियो । त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनैपनि बेला केही हुनसक्छ, त्यतातिर पनि शतर्क हुनुस् । किनभने सामाजिक सञ्जाल अहिल् एकदम एग्रेसिपली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ ।’ नेता कोईरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक