20240729

Breaking News: अमेरिकाको टेक्ससमा फेरी अर्का नेपालीको गोली हानी हत्या, हत्याराहरु फरार, प्रहरीद्वारा खोजी जारी, २५ हजार डलरको लक्ष्यसहित सुरु गरिएको गोफण्डमीमा सहयोग गर्न अपिल


 अमेरिकामा फेरी अर्का नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको छ । अमेरिकाको खतरानाक मध्येको एक भनेर चिनिने टेक्सासस्थित मेक लेनान काउन्टीको एउटा स्टोरमा कार्यरत नेपाली युवक ३० वर्षीय दीपक ओलीको अज्ञात समूहले हत्या गरेको छ । गोली हानी उनको हत्या गरिएको हो । उनी स्टोरमा क्लर्कका रूपमा काम गर्थे । सोही स्थानको अर्को स्टोरका क्लर्क स्टेफान सन्नीले गोली काण्डपछि उनैले प्रहरीलाई खबर गरेको जनाएका छन् । उनका अनुसार, दुई व्यक्ति आइतबार बिहान करिब ५ः२० बजे बन्दुकसहित त्यहाँ गएका थिए । दीपक काउन्टरमा बसिरहेका थिए । उनी भाग्न खोजे पनि त्यसअघि नै आक्रमणकारीले गोली चलाएको सन्नीले बताएका छन् ।

सन्नीले आफूले सेक्युरिटी फुटेज हेरेको उल्लेख गरेका छन् । गोली हान्न लागेका बेला दीपकले हातले ‘बन्दुक नहान’ भन्न खोजेको र उनी घुम्दै गर्दा प्रहार गरिएको जनाएका छन् । उनका बारेमा सुरक्षा निकायले अनुसन्धान गरिरहेको र थप जानकारी भएमा सूचना दिन आग्रह समेत गरिएको छ । सन्नीका अनुसार, नेपालमा दीपककी पत्नी र पाँच वर्षीया छोरी छन् । अधिकारीहरूका अनुसार, परिवारका सदस्यलाई घटनाबारे जानकारी गराइएको छ । नेपालमा उनको घर रुकुमको बाँफिकोट भएको जनाइएको छ । हत्याराहरु फरार रहेको र उनिहरुको प्रहरीद्वारा खोजी जारी रहेको पनि प्रहरीले जनाएको छ । नेपालमा रहेका बुबाआमा, पत्नी र ५ बर्षकी छोरीलाई वियोगमा छाडेर भौतिक संसार छाडेका ओलीको दाहसंस्कार र परिवारको सहयोगका लागि गोफण्डमीमा आर्थिक अभियान सुरु गरिएको छ । ओलीप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गर्दै २५ हजार डलरको लक्ष्यसहित सुरु गरिएको उक्त गोफण्डमीमा सहयोग गर्न अपिल गरिएको छ ।

https://www.gofundme.com/f/thapaka-val

अपिल
मृतक दिपक ओलीको आत्मको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली ! साथै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना I

रुकुम (पश्चिम) बाँफिकोट सेजेका ३० वर्षीय दिपक ओली टेक्ससस्थित वैकोको एक ग्याँस स्टेशनमा काम गरिरहेको बेला अज्ञात बन्दुकधारीको आर्कमणमा परी दिवंगत हुनुभयो I दिपक १ वर्ष पहिले मात्र परिवारको आशा, भरोसा र सपना बोकेर अमेरिका आएका थिए I लाखौ पैसा खर्च गरेर सयौँ दुख झेलेर परिवारको सुख खोज्न हिँडेका दिपकको प्रदेशी भुमिमा अनाहकमा गोलि हानी विभत्स हत्या भयो I दिपकको घरमा श्रीमती, सानी ५ वर्षिया छोरी र बुढा बा आमा हुनुहुन्छ I उनि अमेरिका आउँदा लागेको ऋणको बोझ अझैँ उस्तै छ I सानी छोरी र परिवारको खम्बा भनेका घरमा दिपक मात्र एक थिए I आशाको दियो एकाएक निभेपछि उनकी श्रीमती ति अबोध छोरी बाआमा छोराको खबरले मर्नु न बाँच्नुको दोसाँधमा छन् I कृपया आफ्नै दाजुभाई छोरो भतिजो सम्झेर सबैले सकेको सहयोग गर्न हुन् हार्दिक अनुरोध गर्दछौँ I साथै यो लिंक सक्दो सबैले शेयर पनि गरिदिनुहोला धन्यवाद Heartfelt condolences to the deceased Deepak Oli. Also deepest condolences to the bereaved family.

30-year-old Deepak Oli of Rukum (West) Banphikot, Nepal died while working at a gas station in Waco, Texas. Deepak, was shot by unknown at early morning on Sunday. Deepak has a wife, a small 5-year-old daughter and an elderly parents. He belongs to poor family and families had depended on him. After his sudden death, his wife, daughter, mother, and father are in a quandary of whether to live or die. So please do support for his Family and his little daughter’s education and her future. Thank You

https://www.gofundme.com/f/thapaka-val

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक