20240724

Breaking News: सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु, न सडक सुरक्षित छन न त आकाश, पशुपतिनाथकै भरोसा छ !


 
न सडक सुरक्षित छन न त आकाश, कुन बेला कहाँ कसले अनाहकमा ज्यान गुमाउनु पर्छ पशुपतिनाथ भरोसामै चलेको छ देश ।  दुई यात्रु बाहक बस पहिरो र बाढीले बगाएर बेपत्ता ६० भन्दा बढीको अझै पत्तो लाग्न नसकिरहेकै बेला नेपालमा फेरी अर्को जहाज दुर्घटना भएको छ जहाँ १८ जना को ज्यान गएको छ । नेपाल मदर डट कम दुबै घटना प्रति गहिरो दु:ख ब्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउने सबै प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।     

नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।
बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो । प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ ।

विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए । उनीहरु सबैजना एयरलाइन्सका प्राविधिक कर्मचारी भएको बुझिएको छ ।

सरकारले सौर्यको जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।

समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा विहिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् ।

साथै सरकारले आगामी दुर्घटना हुन नदिन हाल संचालनमा रहेका विमानको अनिवार्य प्राविधिक परिक्षण गर्ने र नागरिक उडड्यन प्राधिकरणले सो को अनुगमन गर्न निर्देशन दिएको उनले बताए ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक