20240721

Breaking News: अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्ततः आफू अब नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति को चुनावमा डेमोक्र्याटिक पार्टी बाट छानिए पनि उम्मेदवार नहुने निर्णय गरे, रिपब्लिकनहरू डेमोक्र्याट भन्दा ६ प्रतिशत भन्दा बढीले मत सर्वेक्षणमा अगाडि



 उमेरले बुढौली, बोल्दा बोल्दै बिर्सिने रोग, कहिले प्लेन चढ्दा त कहिले झर्दा भुर्लुङ्ग लडी हाल्ने तर बाहिर देखाउन स्टेजमा दौडिँदै पुगेको देखाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्ततः आफू अब नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति को चुनावमा डेमोक्र्याटिक पार्टी बाट छानिए पनि उम्मेदवार नहुने निर्णय गरेका छन् । कोभिड भएर अहिले औषधी सहित आराम गरिरहेका बाइडे विशेष गरी पछिल्लो पटक CNN ले आयोजना गरेको प्रेसिडेन्सियल डिबेटमा ट्रम्पका अगाडि निकै फिका, कमजोर र कन्फ्युज देखिए पछि आफ्नै पार्टी भित्र बाट उम्मेदवारी बाट पछि हट्न दबाब भोगिरहेका थिए । 

ट्रम्पलाई कान मा गोली लागे पछि र जेडी भ्यान्स नयाँ उप राष्ट्रपतिमा ट्रम्पले छाने पछि रिपब्लिकनहरू डेमोक्र्याट भन्दा ६ प्रतिशत भन्दा बढीले मत सर्वेक्षणमा अगाडि देखिएका थिए । 

रिपब्लिकनको मिल्वौकी कन्भेन्सन पछि त झन् ट्रम्पको पक्षमा उभार आएका सर्वेक्षण हरू आए पछि डेमोक्र्याट पार्टी भित्र झन् प्रेसर परेका बेला उनीहरूकै ३० भन्दा बढी सांसदले बाइडेनलाई चुनावी प्रतिस्पर्धा बाट पछि हट्न दबाब दिँदै आएका थिए भने CNN सहित डेमोक्र्याट लाई फेबर गर्ने मिडियाहरूले पनि बाइडेनको विपक्षमा बहस हरू चलाउँदै आएका थिए । 

बाइडेनले आफू चुनावी प्रतिस्पर्धा बाट पछि हटेको र उप राष्ट्रपति कमला ह्यारिशलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन् । अब अमेरिकी राजनीतिले यो निर्णय सँगै नयाँ कोर्स लिन थालेको छ । त्यसका लागि डेमोक्र्याट पार्टी को अन्तिम निर्णय कुर्नु पर्ने हुन्छ । यो निर्णय सँगै ट्रम्प र भ्यान्स झनै उत्साहित देखिएको समाचार आइरहेका छन् ।           




अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक