20240728

देश देश जस्तो बनाउने हो भने तत्कालै गर्नु पर्ने काम यिनै हुन नत्र..

 - ७७ जिल्लाबाट एक एक जना सांसद, ७७ जनाको एउटा सँसद 

- सातै प्रदेश सरकारहरू र राष्ट्रिय सभा खारेज, स्थानीय निकायलाई अधिकार 

- केन्द्रमा एउटा मात्र १० जनाको मन्त्रीमण्डल, कार्यकारी प्रधानमन्त्री

- स्थानीय तह देखी केन्द्र सम्म निर्वाचित जन प्रतिनिधिले देशको आर्थिक  अवस्था पूर्ण रूपमा नसुध्रिए सम्म स्वयमसेबी भई काम गर्ने, तलब भत्ता नलिने

- केन्द्र देखी स्थानीय तह सम्म कृषि र पर्यटनमा पूर्ण रूपमा केन्द्रित कार्यक्रम  

- कुनै पनि जघन्य अपराध वा भ्रष्टाचारमा अदालतले दोषी प्रमाणित गरेको मान्छेलाई आजीवन कारावास, राजनीति, चुनाव, सरकारी सेवामा पूर्ण प्रतिबन्ध         

- प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री, बेलायतको जस्तो अभिभाबकिय, संवैधानिक र सम्मानित  राजसंस्था 

- सबै धर्मलाई उचित सम्मान गर्ने तर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने

- न भारतीय, न युरोप, न अमेरिका न अन्य मोडल, आफ्नै नेपाली माटो सुहाउँदो मोडलको व्यवस्था डिजाइन गर्ने, र बिज्ञहरुको एउटा कार्यदल मार्फत नयाँ संबिधान बनाउने, घोषणा गर्ने ।  

 ** देश देश जस्तो बनाउने हो भने तत्कालै गर्नु पर्ने काम यिनै हुन नत्र हामी जस्तै एक तिहाइ नेपालीले विदेशबाट चुच्चे नक्सा हेर्ने, नक्सामा देश छ भन्दै गर्व गर्ने, देशमा हुनेले भिसा प्रोसेस गर्दै, भिसा पाए सम्म लावाँ लस्कर लगाउँदै, टिकट काट्दै गर्ने, सक्ने उपल्लो बाटो, नसक्ने तल्लो बाटो बाटा लाग्ने, देश सुनवालाहरुलाई छोड्ने यो भन्दा अरू के विकल्प छ र !  सत्य तितो हुन्छ है । ** निजी धारणा : रामप्रसाद खनाल

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page


             

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक