20240730

कैलालीको धनगढीमा अस्पताल खोल्ने भनेर बनाएको संरचनामा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि भत्काइए

 कैलालीको धनगढीमा अस्पताल खोल्ने भनेर बनाएको संरचनामा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि भत्काइएको छ । ती संस्थाको सोमबार व्यवसाय दर्ता खारेज गरिएको थियो । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मी इन र नेपाल लाइफ वल्र्ड मिसनको दर्ता खारेज गरी मंगलबार अबैधरुपमा बनाइएका संरचनामा डोजर तथा नगर प्रहरी लगाएर भत्काइएको हो ।

वडा नम्बर ७ कार्यालयमा लेट मी इन धनगढी प्रालि नामको संस्थाले गत वर्ष साउन २२ गते सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने उद्देश्य राखेर व्यवसाय दर्ता गराएको थियो । त्यस्तै, नेपाल लाइफ वल्र्ड मिसनले गत बैशाख १६ गते सेमिनार, तालिम आदि कार्य गर्ने उद्देश्यसहित व्यवसाय दर्ता गराएको थियो ।

यसअघि लेट मी इन संस्थाले छालाको अस्पताल खोल्ने भनेर धनगढीका एक जग्गाधनीबाट साढे चार कठ्ठा जमिन चर्को रकम तिर्ने गरी भाडामा लिएको बताइएको छ । सो संस्थाले अस्पतालको लागि भनेर भवन तथा अन्य संरचना निर्माण गरेको थियो । निर्मित भवन नक्सा पास मापदण्डविपरित रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

तर, अस्पताल सञ्चालनमा ल्याइएन । सो भवनमा दुई जना कोरियन नागरिक र सोलुखुम्बुका एक जना पाष्टर राखेर चर्च सञ्चालन गरिएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयलाई छालाको अस्पताल बनाइरहेको भन्दै झुक्याइएको थियो भने वडा नम्बर ७ बाट पनि तालिम चलाउने सेमिनार हल भनेर इजाजत लिइएको थियो ।

तर इजाजत भन्दा फरक ब्यवसाय भएको भन्दै धनगढी उपमहानगरपालिकाले अनुमति खारेज गर्दै मंगलबार डोजर चलाएको हो । उपमहानगरपालिकाका तीन वटा डोजर र नगर प्रहरीले उक्त भवन भत्काएको छ । त्यस भवनमा केही दिन यता चर्च सञ्चालनमा थियो ।

अस्पताल बनाउने भन्दै झुक्याएर चर्चमा संगती हुन थालेपछि स्थानीयले विरोध गरेका थिए । उनीहरुले उपमहानगरपालिकामा उजुरी पनि हालेका थिए । यसअघि उपमहानगरपालिकाले लेट मेइन धनगढी प्रालिलाई २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेपछि सो अवधीभित्र उसले जवाफ नफर्काएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

स्थानीयको विरोध र गुनासोका साथै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन, प्रसारणपछि जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले तत्काल कारबाही अघि बढाएको थियो ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाका अनुसार साउन १० गतेदेखि सो ’boutमा छानबनि अघि बढाइएको थियो । छानबिनका क्रममा दुवै संस्थाले उद्देश्य विपरित काम गरिरहेको पाइएकाले दर्ता खारेज गरी अस्पताल बनाउने भनेर चर्च बनाएकोले त्यहाँ रहेका भौतिक संरचनाहरु भत्काइएको उपप्रमुख रानाले जानकारी दिइन् । - दीपक ओली


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक