20240722

मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच सोमबार एक भव्य समारोह आयोजना गरी एकता भएको घोषणा





मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच सोमबार एक भव्य समारोह आयोजना गरी एकता भएको घोषणा गरिएको छ । आमसञ्चारका प्रतिनिधिमूलक दुई संस्थाबीच मिडिया अलाइन्स नेपालका महासचिव दिरेक लाल श्रेष्ठ र नेपाल टेलिभिजन संघका सचिव बद्री पोखरेलले एकता सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सातबुँदे एकता सम्झौतामा एकतापछि मिडिया अलाइन्स नेपालको नामबाट संस्था सञ्चालन गर्ने भनिएको दुई संस्थाबीच एकता भएको मिडिया अलाइन्स नेपालमा नेपाल टेलिभिजन संघका तीन जनालाई कार्यसमितिमा समावेश गरिने भएको छ । 



दुई संस्थाबीच एकता सम्झौतापछि नेपाल टेलिभिजन संघको अस्तित्व स्वतः समाप्त भएको घोषणा गरिएको छ । त्यसै गरी यो सम्झौता साउन ७ गतेबाट नै लागू हुने उल्लेख गरिएको छ । सम्झौतामा उल्लेखित सर्तहरु दुवै पक्षले इमानदारिताका साथ परिपालना गर्ने र बाँकी काम कारबाही एउटा समिति बनाएर अघि बढाइने सम्झौतामा उल्लेख गरिएको अलाइन्सका अग्रणी, Avenues Television का अध्यक्ष भास्कर राज कर्णिकारले बताउनुभएको छ ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक