क्यानडाको टोरन्टो शहरका केही भागमा तीन ठूला आँधीका कारण अत्यधिक वर्षापछि आएको बाढीले मुख्य सडकहरु जलमग्न भएका छन् । ती सडकबाट यात्रा गरिरहेका कयौं यात्रु तथा चालकहरु फसेका छन् । अत्यधिक वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । पर्यावरण क्यानडाको रिपोर्ट अनुसार हिजो टोरन्टोमा १ सय मिलिमिटर वर्षा भएको छ । हिजोको वर्षाले सन् १९४१ पछिको वर्षाको दैनिक रेकर्ड तोडिएको छ । सार्वजनिक भएका भिडियो तथा तस्वीरहरुमा शहरभरी ठूलो बाढी पसेको देखिन्छ । साथै सडकमा कारहरु डुबेका छन् । युनियन स्टेशनमा सिँढीहरु तल पानी झरेको देखिएको छ ।
टोरन्टो हाइड्रोका अनुसार आँधीले १ लाख ६७ हजारभन्दा बढीलाई बिजुली बिहीन बनाएको छ । वर्षा र बाढीका कारण धेरै उडान रद्द र ढिलाइ भएका छन् । केही राजमार्गहरु बन्द गरिएका छन् । बाढीमा फसेका १४ जनाको उद्दार गरिएको अधिकारीहरुले बताएका छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक