20240730

दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ८९ जनाको मृत्यु, पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का

 दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ८९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ। केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।

केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विविरण आउन अझै केही समय लाग्ने बीबीसी हिन्दीलाई बताएका छन्।

उनले भने, “हामीलाई क्षतिको आकलन गर्नका लागि अझै केही घण्टा लाग्छ।”

केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई लगिएको बताएकी छन्।

अहिलेसम्म १०० जनाजतिको उद्धार भएको छ।

स्थानीय अधिकारी डीआर मेघश्रीले सञ्चारमाध्यमलाई बताएअनुसार वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए।

वायनाड पश्चिम घाट पर्वतशृङ्खलामा पर्ने पहाडी जिल्ला हो। बिबिसिका अनुसार  उक्त भेगमा मनसुनमा पहिरो गइरहन्छ।

पहिरोबाट वायनाडका विभिन्न स्थानहरू प्रभावित भएका छन्।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक