20240728

कोरोना अबधिभर काममा मान्छे नभएर वा नपाएर हैरान थियो । अहिले काम गर्ने मान्छे छन् तर रोजगारीको संकट बढ्दै !

अमेरिकामा अहिले धेरैले रोजगारी गुमाइरहेका छन । आर्टिफिसिएल इन्टेलिजेन्स (AI)  जस्ता अत्याधुनिक टेक्नोलोजीको बिकास र प्रयोग, नेपाल देखी मध्यपुर्ब, अफ्रिका, युरोप, उत्तर अमेरिकाका कैयौं देशबाट तल्लो बाटो (मेक्सिको हुँदै हिडेर) लाखौं–लाख मानिसहरु दलालहरुलाई मोटो रकम तिरेर अबैधानिक बाटो हुँदै आउनेहरु र विद्यार्थीहरुको ठुलो संख्या अहिले बेरोजगार छ । अर्कोतिर अमेरिकामा पनि महङ्गी बढ्नु र अर्थतन्त्रको अवस्था पनि अहिले त्यति राम्रो नभएका कारण कागजपत्र भएका, ग्रीनकार्ड र सिटिजनहरु पनि धेरै बेरोजगार भैरहेका छन । कोरोना अबधिभर काममा मान्छे नभएर वा नपाएर हैरान थियो । अहिले काम गर्ने मान्छे छन् तर रोजगारीको संकट बढ्दै गएको छ । अमेरिकाको टेक्सस निवासी पत्रकार रामचन्द्र भट्टका अनुसार त्यहाँ त पछिल्लो एक

 वर्षयता निकै समस्या देखिन थालेको छ नेपाली विद्यार्थी र अरुलाई । उहाँको पोष्ट तल हेर्न पनि सक्नुहुन्छ । त्यहाँ मात्र होइन अहिले भर्जिनिया देखी क्यालिफोर्निया, वासिङ्गटनदेखि फ्लोरिडा राज्यहरूमा पनि यो समस्या बढ्दै गएको देखिन थालेको छ । भट्ट भन्नुहुन्छ - 'कृपया पाएको र गरिरहेका काम नछाड्नुस, बेरोजगारहरुलाई आफुसक्दो सहयोग गर्नुस । नेपालबाट अमेरिका आउने विद्यार्थीहरु देखी अरुले पनि यहाँको बर्तमान अवस्था बुझेर मात्र आउनुस् ।' 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक