20240724

सन् १९५५ यता नेपालमा १०७ वटा हवाई दुर्घटना , यी दुर्घटनामा ९५९ जनाको ज्यान गयो, ६६ दुर्घटनामा मानवीय क्षति, ४२ वटामा जोगियो

Pllane--1721824882.jpg सन् १९५५ यता नेपालमा १०७ वटा हवाई दुर्घटना भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ । करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन् ।

६६ दुर्घटनामा मानवीय क्षति, ४२ वटामा जोगियो

नेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये ६६ दुर्घटनामा ९५९ जनाको ज्यान गएको हो । ४२ वटा दुर्घटनामा भने मानवीय क्षति हुनबाट जोगिएको तथ्यांक छ ।


 


मल्टिइन्जिन विमान दुर्घटनामा धेरै मानवीय क्षति

सबैभन्दा धेरै मानवीय क्षति मल्टिइन्जिन विमान दुर्घटनामा भएको छ । प्राधिकरणको तथ्यांकअनुसार मंगलबार भएको सौर्य एयरलाइन्सको विमानसहित नेपालमा मिल्टइन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन् । मंगलबार मृत्यु हुने १८ सहित यी दुर्घटनामा ४६९ जनाले ज्यान गुमाएका छन् ।

५१ मध्येका ३० दुर्घटनामा मानवीय क्षति भएको छ भने, २१ वटा दुर्घटनामा मानवीय क्षति हुन जोगिएको छ । 

प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट, २०२३ अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटनामा पर्ने र मानवीय क्षति हुने गरेका विमान यी नै हुन् ।

आठवटा सिंगल इन्जिन विमान दुर्घटना

सन् २०७५ यता नेपालमा आठवटा सिंगल वा एकल इन्जिनका विमान दुर्घटनामा परेका छन् । यीमध्ये ६ दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् ।

दुईवटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्राधिकरणको तथ्यांक छ ।

Planee-1721824881.jpg
 

 ३९ वटा हेलिकप्टर दुर्घटना

सन् १९७९ यता नेपालमा ३९ वटा हेलिकप्टर  दुर्घटना भएका छन् । यीमध्ये २१ वटा दुर्घटनामा ९२ जनाले ज्यान गुमाएका छन् ।

बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ । 

दशवटा विदेशी विमान दुर्घटना

नेपालमा विदेशी विमानसमेत दुर्घटना हुने गरेका छन् । नेपालमा पहिलोपटक १९५५ को अगस्ट ३० मा विमान दुर्घटना भएको प्राधिकरणको तथ्यांक छ । सिमरामा दुर्घटना भएको उक्त विमान भारतको कालिंगा एयरको थियो ।

त्यसयता नेपालमा दशवटा विदेशी विमान दुर्घटनामा परेका छन् । यी दुर्घटनामा ३७३ जनाले ज्यान गुमाएका छन् । दशमध्ये एउटा दुर्घटनामा मात्रै मानवीय क्षति नभएको रेकर्ड छ ।


1Pllane--1721824881.jpg
 
सबैभन्दा ठूलो विदेशी र स्वदेशी विमान दुर्घटना

एउटै हवाई दुर्घटनामा सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी नेपालमा विदेशी विमान दुर्घटना भएको छ ।

सन् १९९२ को सेप्टेम्बर २८ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको दुर्घटना भएको थियो । बाह्रखरीका अनुसार उक्त दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो, यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना हो ।

आन्तरिक वा स्वदेशीतर्फ भने गत वर्ष सन् २०२३ को जनवरी १५ मा भएको यती एयरलाइन्सको विमान दुर्घटना हो । पोखरामा भएको उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक