20240729

देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण


 गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् । सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए । उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु ।’

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो । यस्तै छानविन समिति संयोजक सुर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धि मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरुलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए । यस्तै सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरुको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने बताएका थिए । बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवर पनि सहभागी थिए । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक