20240728

पाकिस्तानमा जनजातिबीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँमा हालसम्म ३५ जनाको मृत्यु !

 पाकिस्तानमा जनजातिबीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँमा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । एक बन्दुकधारीले कृषि भूमिमा दशकौँ लामो विवादमा वार्ता गरिरहेको परिषदमाथि गोली चलाएका छन् । त्यो सँगै सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिहरू बुधबारदेखि लडिरहेका स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले बताउनुभयो । यद्यपि उक्त आक्रमणमा कोही पनि घाइते भएन ।  हुसेनका अनुसार यसले अफगानिस्तानको सिमानामा रहेको कुर्रम जिल्लामा एकसाथ बसोबास गर्ने कुलहरूबीच लामो समयदेखिको धार्मिक तनावलाई पुनर्जीवित गरेको छ ।

“सुरुमा जग्गा विवाद थियो, यो मुद्दा अहिले साम्प्रदायिक हिंसामा परिणत भएको छ”, हुसेनले भन्नुभयो, “सरकार र स्थानीय नेताहरूले जिर्गा (आदिवासी परिषद्) मार्फत लडाइँ रोक्न प्रयास भइरहेको छ तर अहिलेसम्म सफल हुन सकेको छैन ।” साथै पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य छ । पाकिस्तान सुन्नी बहुल देश हो । यहाँ शियाहरूले बारम्बार भेदभाव र हिंसाको सामना गर्छन् । शिया जनजातिले द्वन्द्वमा ‘सबैभन्दा बढी क्षति’ भोगेको भन्दै सरकारी अधिकारीले मृतक ३५ मध्ये ३० जना अल्पसङ्ख्यक सम्प्रदायका मारिएको बताउनुभयो । दुवै पक्षले पाराचिनार सहरवरपर केन्द्रित लडाइँमा स्वचालित हतियार र मोर्टारको प्रयोग गरिरहेको र त्यसलाई कानून प्रवर्तनले अवरुद्ध पारेको प्रहरी स्रोतले बताएको छ । 

“यस क्षेत्रमा अझै पनि साना र ठूला दुवै हतियारहरूको प्रयोगमा संलग्न झडपहरू देखिरहेको छ”, कुर्रम जिल्लाका वरिष्ठ अधिकारीले भन्नुभयो । कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा हो । यो सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा विलय भएको थियो । यस कदमले यस क्षेत्रलाई कानूनी र प्रशासनिक मूलधारमा ल्याएको छ । यद्यपि प्रहरी र सुरक्षा बलहरूले त्यहाँ कानूनको शासन लागू गर्न बारम्बार सङ्घर्ष गरेका छन् ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक