20240611

अख्तियारले गरेको छानबिन स्वागत योग्य भएको टिप्पणी गरे एमालेका नेता भीम रावलले !

एमालेका नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागत योग्य भएको टिप्पणी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बहाल रहे/नरहेको खोजबिन गर्न सरकारलाई निर्देशन दिएपछि रावलको यस्तो टिप्पणी आएको हो ।  मंगलबार सामाजिक सञ्जालमार्फत रावलले दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री रवि लामिछाने र विदेशी पत्रकारसँग विवाह गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठ बारेमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्- ‘दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबिन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ।’ 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक