20240611

पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला !

 काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले आज पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो । यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक