20240611

विमान दुर्घटनामा उपराष्ट्रपति र उनकी श्रीमती सहित ९ जनाको मृत्यु

 मलावीको हिमाली क्षेत्र चिकांगावा हिमालय शृंखलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित ९ जनाको मृत्यु भएको छ । राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो । साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्वमहान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए ।

विमानलाई विमानस्थलबाट दिइएको संकेतबारे एयर ट्राफिक अधिकारीले भने, "विमान लिलोङवेबाट करिब २०० माइल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर दृश्यताका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो ।" स्थानीय समयअनुसार सोमबार राति टेलिभिजनमा सम्बोधन गर्दै चावेराले चिलिमाको विमान फेला नपरेसम्म खोजी तथा उद्धार कार्य जारी रहने बताएका छन् । ५१ वर्षीय चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक