20240522

पहिले यो बुझौँ: - यस देशमा सबैलाई बराबर कानून लाग्दैन !

- यस देशमा गरिव, धनी, उद्योगी-व्यावसायी, प्रहरी, प्राध्यापक, पत्रकार, राजनीतिकर्मी, नाम लिँदै जानोस्, कोही पनि सुरक्षित छैन।

- यस देशको राजनीति पूर्णत: स्वार्थकेन्द्रीत, सत्ताकेन्द्रीत, धोकापूर्ण र प्रतिशोधपूर्ण छ। सम्पूर्ण समाजमा त्यसको घातक जालो फैलिएको छ। त्यो जालोमा समय परिस्थिति अनुसार जो पनि पर्न सक्छ।

- खासगरि राजनीतिसँग जोडिएका प्रमुख मुद्दाहरूको उठान र बैठान न्याय सम्पादन र राष्ट्र हितका लागि होइन -- स्वार्थशिद्धीका लागि हुने गर्छ।

- कोही पनि कसैको गिरफ्तारी र कसैमाथिको कारवाहीमा हाँस्नु पर्दैन। भोली हाँस्ने व्यक्ति स्वयं सिकार हुनसक्छ।

- गलत/सही आफ्नो ठाऊँमा होला तर कैलाश सिरोहियाको गिरफ्तारी सुशासनको खोजी होइन, प्रतिशोधको ज्वाला हो।

- यस्तो तन्नम व्यवस्थाको बचाऊ गर्नेहरू पनि हिजोको र हिजोका जस्ता घटनाका लागि दोषी छन्। यहाँ यो व्यवस्थाको धुवाँधार बचाऊ गर्नेहरू पनि कोही सुरक्षित छैनन्।

- मलाई जति गाली गर्नोस् -- राजनीतिलाई 'सर्भिसिङ' होइन, 'ओभरहलिङ' गरेर, संविधान पुनर्लेखन गरेर #नवीनसमझदारी को बाटो मा नलैजाने हो भने यस देशमा न्यायमात्र मर्ने छैन, यस देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। लेखेर राख्नोस्।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक