20231102

Breaking News: प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपती रामचन्द्र राजीनामा दिनु पर्दैन ?? राक्षसी शासक, राक्षसी राजले हारेको र भारतीले जितेको दिन, अब अरु भारती मानन्धरहरु पनि यसै गरी जागुन ।



 राक्षसी शासक, राक्षसी राजले हारेको र भारती मानन्धरले जितेको दिन, बधाई भारती, अब अरु भारती मानन्धरहरु पनि यसै गरी जागुन । अदालतमा बिबेक र हिम्मत भएको न्यायाधीश मात्र भइदिने हो भने नियम, कानुन र संबिधान मात्रै होइन देश पनि बाँच्न सक्छ यो कुरा आजको सर्बोच्च अदालतअको आदेशले पुन पुस्टि गरेको छ ।  

संविधान दिवसको अवसरमा प्रचन्ड सरकारको सिफारिसमा राष्ट्रपती रामचन्द्र पौडेलबाट आममाफी पाएका योगराज ढकाल रिगलको आममाफी सर्वोच्च अदालले बदर गरेको छ । बिहिबार अदालतका कायममुकायम प्रधानन्यायधिस इश्वरीप्रसाद खतिवडा, न्यायधीषद्वय सपना मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्यण बदर गर्ने आदेश दिएको हो । फैसलासँगै तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ । नेपालगञ्ज उपमहानगरपालिका ८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ गते रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो । त्यस विरुद्द मानन्धरकी पत्नी भारती शेर्पाले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले आज फैसला सुनाएको हो ।

सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुइँमा ढोग्दै आफूले न्याय पाएको सन्देश दिइन् ।




हेर्नुस अदालतको आदेश:  



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक