20231119

संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण, डरलाग्दो’ घटनाका रूपमा वर्णन


संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले शनिबार पुष्टि गरेको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको छ । विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

भिडियोमा एउटा कोठामा करिब एक दर्जन शव भुइँमा धुलोले ढाकिएको देखिन्छ । त्यस्तै डेस्कहरू छरिएका र क्षतिग्रस्त भएका छन्, कोठाको एउटा भित्तामा एउटा प्वाल देख्न सकिन्छ । सिएनएनका अनुसार भवनको छाना (धातुको) च्यातिएको र जमिनमा भग्नावशेष देख्न सकिन्छ ।

राष्ट्रसङ्घको राहत तथा कार्य निकाय (युएनआरडब्लुए) का प्रवक्ता जुलिएट टौमाले घटनाको पुष्टि गर्दै मृतकको सङ्ख्या अस्पष्ट रहेको र जानकारी आउन बाँकी रहेको बताउनुभयो । उहाँले घटना के कारणले भएको हो वा यसको जिम्मेबार को हो भन्नेबारे पुष्टि गर्न सक्नुभएन ।

युएनआरडब्लुएले प्यालेस्टिनी शरणार्थी शिविरहरूमा विद्यालयहरू सञ्चालन गर्नुका साथै गाजामा राष्ट्रसङ्घको प्रमुख राहत एजेन्सीका रूपमा काम गर्दछ । सामाजिक सञ्जाल एक्समा तस्बिरहरूलाई ‘डरलाग्दो’ भन्दै युएनआरडब्लुए प्रमुख फिलिप लेजारिनले घटनाको समयमा हजारौँ विस्थापितले त्यहाँ आश्रय लिइरहेको बताउनुभयो ।

सिएनएनका अनुसार इजराइली सेनाले घटनाको समीक्षा गरिरहेको छ तर कुनै प्रतिक्रिया जनाएको छैन । इजिप्ट र कतारले उक्त घटनाका लागि पहिले नै इजराइलको सैन्य कारबाहीलाई दोष दिएका छन् । इजिप्टको विदेश मन्त्रालयले उक्त घटनालाई ‘बमबारी’ भन्दै यो गाजामा सर्वसाधारणविरुद्ध इजराइली उल्लङ्घनहरूको शृङ्खलामा नयाँ भएको बताएको छ । सिएनएनका अनुसार कतारले राष्ट्रसङ्घको स्वतन्त्र अनुसन्धानकर्ताहरूलाई गाजा गएर अनुसन्धान गर्न आह्वान गरेको छ ।

युएनआरडब्लुएले उत्तरी गाजामा रहेको आफ्ना विद्यालयमा २४ घन्टामा यो दोस्रो आक्रमण भएको जनाएको छ । जैतुनमा रहेको अर्को विद्यालयमा शुक्रबार आक्रमण भएको थियो । उक्त विद्यालयमा चार हजार मानिसले शरण लिइरहेका थिए ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक