20231107

राष्ट्रपतिको हेलिकप्टरले भुकम्प पीडित लाई झनै आहत, यता सिंहदरवारमा गणतन्त्रबादी बैठक, रबी लामिछानेको कडा आक्रोस !

* राष्ट्रपतिको हेलिकप्टरले जाजरकोट भूकम्प पिडितको आश्रयस्थल धुलाम्मै, त्रिपाल उडायो, उनिहरुलाई राहत होइन सारेर झन बढी आहत !
* भुकम्प पीडितको लागि होइन १२ बुँदे, गणतन्त्र जोगाउन सिँहदरवारमा माओवादी, काँग्रेस र एमालेहरुको बिशेष बैठक !



भुकम्प पीडितको लागि होइन १२ बुँदे, गणतन्त्र जोगाउन सिँहदरवारमा माओवादी, काँग्रेस र एमालेहरुको बिशेष बैठक !


सिंहदरबारमा मंगलबार गणतन्त्रवादी दलका शीर्ष नेताहरूले छलफल गरेका छन्। गणतन्त्रमाथि यदाकदा प्रहार हुन थालेकोले मिलेर प्रतिवाद गर्ने उनीहरूले सामूहिक प्रतिबद्धतासमेत जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६२ साल मंसिर ७ गते १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलका नेताहरूलाई बोलाएर छलफल गरेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू छलफलमा सहभागी रहेका थिए।

१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, आन्दोलन, संविधानसभाबाट संविधान लेखनका पक्षधर परिवर्तनकारी राजनीतिक दलका नेताहरू एकै ठाउँमा बैठक गरिएको नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बताइन्।

‘यदाकदा छिटपुट, पानीको फोकाजस्तो विभिन्न कोणबाट देखा परेका प्रहारहरूलाई मिलेर प्रतिवाद गर्ने भन्ने सबैको अभिव्यक्तिबाट निष्कर्ष निस्किएको छ,’ भुसालले भनिन्, ‘लडेर ल्याएको गणतन्त्रप्रति दलहरू प्रतिबद्ध हुनुहुन्छ।’

कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएको उनले जानकारी दिइन्।

१२ बुँदे पक्षधर दलहरूलाई कुनै पनि विषयले नतर्साएको पनि उनले बताइन्। ‘हामीले लडेर ल्याएको व्यवस्था हो यो। यसमा दलहरूले फेरि एउटा नयाँ प्रतिबद्धता गरिएको हो,’ उनले भनिन्।

बैठकमा शान्ति प्रक्रियाका बाँकी काम छिटो पूरा गर्ने विषयमा पनि कुराकानी भएको थियो।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले १२ बुँदे समझदारी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पार्टीहरूका बीचमा समसामयिक राजनीतिक परिवेश लगायतबारे छलफल गरेको बताए।

‘बैठकमा विभिन्न कोणबाट गम्भीरताका साथ छलफल भयो। हामीले पनि सरकारका कतिपय अकर्मण्यताका कारण मुलुकमा छाडातन्त्र मौलाइरहेको छ, विद्यमान शासकीय प्रबन्धमाथि अनेकौं खालको चुनौती आउने काम भइरहेको छ। गृह प्रशासन कमजोर भएकोजस्ता विषयमा कुरा राख्यौं,’ उनले भने, ‘शान्ति, संविधान, विद्यमान व्यवस्था र जनतामा निराशा भइरहेको छ, भड्काउने र कपोलकल्पित प्रक्रिया चलिरहेको छ यसबारे पनि हामीले कुरा राख्यौं।’

मुलुकको व्यवस्था (गणतन्त्र) प्रति जनस्तरबाट भ्रामक टिप्पणी गराउने खेती भइरहेको पनि उनले बताए।

‘सरकारले ठिक ढंगले डेलिभरी दिन सकेन। त्यसले गर्दा जनतामा निराशा भयो, त्यसले हाम्रो व्यवस्था प्रहार गर्न थाल्यो,’ उनले भने, ‘अर्थतन्त्र पनि राम्रो छैन, सरकारले आफूलाई असुरक्षित महसुश गरेको छ।’

अर्थमन्त्रीसमेत रहेका कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शान्ति प्रक्रिया छिटो टुंग्याउनेलगायत राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउन बैठक गरिएको बताए। ‘लामो संघर्षबाट अहिलेको संविधान बनेको हो। त्यसलाई रक्षा र संस्थागत गर्ने तथा राष्ट्रिय मुद्दाहरूमा साझा धारणासहित सँगै अघि बढ्ने कुराहरूमा नै छलफल केन्द्रित रह्यो,’ उनले भने।

उनले अहिलेको व्यवस्थाप्रति कतैबाट पनि त्राश नरहेको दाबी गरे। ‘त्राश कहीँबाट पनि छैन, प्रचारमा बढाइचढाइ आएका छन्,’ महतले पत्रकारहरूसँग भने, ‘जनताको अधिकारलाई अहिलेको व्यवस्थाले सुनिश्चित गरेको छ। यो अधिकारबाट कोही बञ्चित हुन चाहन्छ? सामाजिक सञ्जालमा आधारहीन, प्रमाणहीन, अराजक प्रवृत्ति पनि छन्।’ 

प्रधानमन्त्री दाहालले संविधान र गणतन्त्रप्रति सबै दलबाट साझा प्रतिबद्धता आएको बताए। यसखाले बैठक निरन्तर राखिने उनले प्रतिक्रिया दिए। सेतोपाटी का अनुसार ‘यो कुनै सन्त्रासको कुरा होइन। समय आएको छ, सामान्य समीक्षा गरौं भनेर बैठक गरेको हो,’ दाहालले भने, ‘कसैसँग पनि हामी तर्सेको छैन। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलबाट साझा प्रतिबद्धता आएको छ।’


कागती बाजे न परे, भुकम्प पिडितका माँझ उनको यो हाउ भाउ र हँसिलो मुहार सहितको अनुहारले जनाउँछ उनको हैसियत के हो भन्ने कुरा । 









No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक