20231113

यसपाली सोचे अनुसार व्यापार भएन : दसैंका लागि ल्याएका भेडाच्यांग्रा तिहारमा पनि बिकेनन - मीनबहादुर गुरुङ !

 
कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्यांग्रा लिएर आए। बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्यांग्राको व्यापार गरे। बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्यांग्रा पुर्‍याए। तर सबै बिक्री हुनसकेनन्। तीन सय ५४ मात्रै बिक्री भए। दसैं सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्यांग्रा आफ्नो गाउँ लिएर फर्किए। केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्यांग्रा लिएर आएका छन्। दसैंका लागि ल्याएका च्यांग्रा तिहारसम्म पनि नबिक्दा उनी साह्रै तनावमा देखिन्छन्। दसैंको भन्दा अहिले च्यांग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ। पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दसैंमा सबै बिक्री भएका गुरुङ बताउँछन्। 'यसपाली सोचे अनुसार व्यापार भएन', उनले भने। वर्षौँदखि भेडाच्यांग्रा खरिद बिक्री गर्दै आउनुभएका गुरुङलाई यसपाली आर्थिक मन्दिका कारण ठूलो समस्या भएको छ। तिहारको दिनसम्म सबै च्यांग्रा सक्ने योजनामा उनी छन्। कम मूल्यमा दिन थालेपछि दसैंका तुलनामा यस बेला बढी बिक्री भएका छन्। अझै पनि उनीसँग करिब डेढ सय च्यांग्रा साथमै छन्। 

गुरुङलाई तिहारसम्म सबै भेडाच्यांग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ। करिब दुई महिना च्यांग्रा व्यापार गर्ने उनी १८ वर्षदेखि यही पेसामा लागेका हुन्। दसैं तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्यांग्रा खोज्ने गर्दछन्। च्यांग्राको यसवर्ष न्यूनतम ३० हजारदेखि ५८ हजारसम्म मूल्य छ। 

सहरबजारमा च्यांग्राको मासुको अत्यधिक माग छ। एक करोड ५० लाखमा खरिद गरेको च्यांग्रा बिक्री नभएपछि थारै पनि नाफा नउठाइ बेच्न बाध्य भएको गुरुङले बताए। दसैंका बेला कम बिक्री गरे पनि पर्याप्त नाफा उठाउन पाएको उल्लेख गर्दै उनले तिहारसम्म बिक्री गरिसक्नुपर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको बताए। बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङ बताउछन्। 

'मैले व्यवसाय थालेको धेरै वर्ष भयो तर अहिलेसम्म यस्तो कहिल्यै पनि भएको थिएन, पहिले–पहिले च्यांग्रा झरे भने ग्राहकले बाटोमै कुरेर बस्थे, छानी–छानी किन्ने गर्थे, पहिलेको तुलनामा अहिले अलिकति महँगो पनि भएर होकी,' गुरुङले भने, 'यसपाली त आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झण्डै भए एक महिना त गाउँमै दाना पानी खुवाएर पाले।' 

पुथा उत्तरगंगा पूर्वी रुकुमका तिलबहादुर बुढा मगरले पनि यसपाली सोचे अनुसार भेडाबाख्रा बेच्न सकेनन्। ३४ वर्षदेखि भेडापालन गर्दै आएका बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाए। आफ्नो मुख्य व्यापार हुने क्षेत्र रुकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि तीन सयभन्दा बढी भेडाबाख्रा बिक्री गर्न नसकेको उनको भनाइ छ। दसैंसम्म पाँच सय भेडा बिक्री गर्ने लक्ष्य राखेको उनी बताउँछन्। 

गत वर्ष भेडाबाख्रा बिक्री गरेर १५ लाख आम्दानी गरे पनि यसवर्ष आधा मात्र कमाइ भएको बुढा मगर बताउँछन्। अन्नपूर्णका अनुसार न्यूनतम २० हजारदेखि अधिकतम ४२ हजारसम्ममा बिक्री गरेको उनले बताए। बाँकी रहेका भेडा बथानमै लगेर छोड्ने बुढा मगरको भनाइ छ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक