20231113

विशेष सम्पादकीय : नेपालमा टिकटक, बाँदरको हातमा नरिवल र कुशासन ढाक्न प्रतिबन्ध लगाउने बन्दुके सरकार !

कला भन्दा चर्तिकला देखाउने, विकृति र विसङ्गति बढाउने कुरूप थलो टिकटक बन्द गर्ने सरकारी निर्णय पछि ठिक र बेठिक भन्दै दुवै थरिका प्रतिक्रिया आइरहेका छन । ओहो, टिकटक हेरि नसक्नु थियो, बाँदरका हातमा नरिवल भन्दा पनि बढी थियो नेपालमा तर यसको दोष टिकटकको होइन हामी टिकटकलाई सदुपयोग नगरी दुरुपयोग गर्ने अनुशासन, नैतिकता, धर्म कर्म सब हराएका धुन्धुकारीहरुको थियो । सरकारले आजको युगमा सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएर भन्दा पनि नियमन गर्नु पर्ने थियो, बन्दुकेहरुको सरकार न पर्‍यो ठोकेछन । यिनीहरू आच्छु आच्छु भएका थिए । यिनीहरूको कुशासन बदनाम थियो टिकटकमा पनि, त्यसैले बन्द गरिदिए । 

शायद लोकतन्त्र, गणतन्त्र र सङ्घीयता जप्दै देश जनता ठग्ने यी ठगहरूलाई टिकटक पनि दुस्मन जस्तै थियो । तर कोही अदालत गयो भने यो फुकुवा हुने आधार छन । अहिलेको युग र समय प्रतिबन्धको होइन सदुपयोग तिर लैजाने, नियमन गर्ने र त्यसबाट फाइदा उठाउनु पर्नेमा जङ्गली कमान्डरको सरकारले प्रतिबन्ध लगाउने जुन निर्णय गर्‍यो यो लामो समय रहला जस्तो देखिन्न । एकातिर चाइनाका राजदूतले एक कल फोन गरे जङ्गली कमान्डरले माफ पाउँ हामी बाट गल्ती भयो भन्न र प्रतिबन्ध फुकुवा गर्न सक्छन भने अर्कोतिर कसैले अदालत गुहारे अदालतले सरकारी निर्णय उल्टाउन सक्ने अनेक आधार र सम्भावनाहरू नभएका होइनन यद्यपि कयौँ देशहरूमा यस अघि नै टिकटक प्रतिबन्ध भैसकेका नजिरहरू पनि नभएका होइनन । टिकटक हेरि नसक्नु बनाउने, बाँदरका हातमा नरिवल बनाउनेहरूको सदबुद्धी फिरोस, दुरुपयोग होइन सदुपयोग गर्ने तिर लागुन सबै यदि सरकारले प्रतिबन्ध खोलेछ भने पनि । यही स्थितिमा त टिकटक  भएको भन्दा प्रतिबन्धित नै ठिक छ भन्ने भन्ने जन गुनासा र तथ्यहरूलाई सबैले नजर अन्दाज गर्न मिल्दैन कि !  


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक