20231113

भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा पाँच सैनिकको मृत्यु भएको अमेरिकी सेना द्वारा पुस्टि, प्रशिक्षणका क्रममा दुर्घटना

 पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा पाँच सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। उक्त हेलिकप्टर नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा दुर्घटनामा परेको थियो। इजरायल र हमासबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि बढाएको छ।

सामाजिक सञ्जाल साइट 'एक्स' मा श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति जो बाइडेनले लेखेका छन्, 'भूमध्यसागरमा प्रशिक्षण अभियानको क्रममा विमान दुर्घटनामा परी मृत्यु भएका पाँच अमेरिकी सैनिकको मृत्युप्रति जिल र म शोक व्यक्त गर्दछौं। हामी उनीहरूको परिवार र साथीहरूका लागि प्रार्थना गरिरहेका छौं जसले एक बहुमूल्य प्रियजन गुमाएका छन्। सिङ्गो देश उनीहरुको दुखमा सहभागी छ।'

सेनाको विज्ञप्तिमा हेलिकप्टर कहाँबाट उडेको वा कहाँ दुर्घटना भएको हो भन्ने उल्लेख गरिएको छैन। गत महिना, अमेरिकाले पूर्वी भूमध्यसागरमा धेरै साना जहाजसहित लडाकु विमान भूमध्यसागरमा तैनाथ गरेको थियो।

इजरायल र गाजाबीच युद्ध सुरु भएपछि छिमेकी राष्ट्रलाई यो युद्धमा संलग्न हुन नदिन विमान तैनाथ गरेको हो। प्यालेस्टाइनको तर्फबाट इरान र लेबनानको हिजबुल्लाह यस युद्धमा सामेल होस् भन्ने अमेरिका चाहँदैन। 

IMMEDIATE RELEASE

DOD Identifies Army Soldiers Killed in Helicopter Crash

The Department of Defense announced today the deaths of five U.S. Army Special Operations aviation Soldiers killed during routine flight training as a result of a helicopter crash, Nov. 10, 2023 in the Mediterranean Sea. There are no indications the crash was caused by enemy / hostile actions.

The MH-60 Blackhawk was conducting aerial refueling training when the aircraft experienced an in-flight emergency resulting in the crash.

The deceased are:

Chief Warrant Officer 3 Stephen R. Dwyer, 38 of Clarksville, Tennessee
Chief Warrant Officer 2 Shane M. Barnes, 34, of Sacramento, California
Staff Sgt. Tanner W. Grone, 26, of Gorham, New Hampshire
Sgt. Andrew P. Southard, 27, of Apache Junction, Arizona
Sgt. Cade M. Wolfe, 24, of Mankato, Minnesota.

Our thoughts and prayers remain with the families of the fallen. The U.S. Army's Combat Readiness Center is conducting an investigation into the incident.


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक