20231113

ANHS को बोर्ड अफ ट्रष्टीको अध्यक्षमा समाजसेबी केदार तिम्सिना निर्वाचित, निर्वाचित सबैलाई नेपाल मदरको पनि हार्दिक बधाई


 अमेरिका नेपाल सहयोगी समाज (ANHS) को बोर्ड अफ ट्रष्टीको अध्यक्षमा समाजसेबी केदार तिम्सिना निर्वाचित भएका छन । गत नोभेम्बर ११ शनिवारका दिन उनिसहित ७ जनाको समिति निर्वाचन समितिले घोषणा गरेको हो । नवनिर्वाचित समितिमा उप सभापतिमा रोम ज्ञवाली ,सचिवमा उत्तम गौतम तथा कोषाध्यक्षमा मोहन बस्ताकोटी निर्वाचित भएका छन । साथै समिति सदस्यहरुमा रोजिना रेग्मी, इन्द्र श्रेष्ठ तथा बाबु राम शर्मा निर्वाचित भएका छन । 

निर्वाचन समितिले सबैजना निर्विरोध निर्वाचित भएको घोषणा साथै सबैलाई सपथ ग्रहण गराएका थिए। नवनिर्वाचित सभापति तिम्सिनाले सबैलाई समेट्ने र संस्थाको गरिमालाई उच्च प्राथमिकताको साथै संस्थाको प्रवर्द्धन र सम्बर्द्धनमा अहम भूमिका निर्वाह गर्ने बताए। तिम्सिना अन्य संघ संस्थाहरु संग पनि आबद्ध रहेका छन । 

एएनएसएच अमेरिकाको भर्जिनिया राज्यको मनासस सहरमा सन् २००८ मा स्थापित संस्था हो ।  केदार तिम्सिना सहित निर्वाचित सबैलाई नेपाल मदरको पनि हार्दिक बधाई । 





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक