20231012

Breaking News: "Every Member of Hamas is a Dead Man"

हमासले बन्दीहरुलाई रिहा नगरेसम्म गाजा क्षेत्रमा आवश्यक स्रोत र मानवीय सहायता नदिने इजरायलले जनाएको छ । अपहरणमा परेका इजरायलीहरु रिहा नभएसम्म गाजा क्षेत्रमा इजरायलले विद्युत, पानी र इन्धन लगायत कुनै पनि मानविय सहायता नदिने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गाजा क्षेत्रको एकमात्र विद्युतीय पावर स्टेशन बन्द गरिँदा सो क्षेत्रका अस्पतालहरुले इन्धन अभावको सामना गरिरहेका छन् । जसबाट घाइतेको उपचार लगायत अन्य अति आवश्यक सेवा प्राभावित भएको भन्दै आवश्यक स्रोत र मानवीय सहायता नरोक्न रेडक्रसले आग्रह गरेको छ । हमासले इजरायलमा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणमा दर्जनौं इजरायली नागरिक र विदेशी नागरिकहरुलाई समेत कब्जा गरेको बताइएको छ । 
  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक