20231009

राष्ट्रिय शोकको घोषणा : मृत्यु भएकाको परिवारलाई राहत स्वरुप प्रतिपरिवार १० लाख रुपैंया दिने निर्णय


 इजरायलमा विद्रोहीको आक्रमणमा १० जना नेपालीको निधन भएको घटनामा सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । आकस्मिक मन्त्रिपरिषदको बैठकले दक्षिण इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा नेपालीहरुको निधन भएपछि एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो । सरकारकी प्रवक्ता सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले दक्षिण इजरायलमा हमास समूहको आक्रमणमा परेका नेपालीको मृत्युको शोकमा देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगमा समेत राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिनुभयो । यसैबीच, सरकारले घटनामा परि मृत्यु भएकाको परिवारलाई राहत स्वरुप प्रतिपरिवार १० लाख रुपैंया दिने निर्णय समेत गरेको छ ।

इजरायलस्थित नेपाली दुतावासले इजरायल सरकारसंगको समन्वयमा घटनामा परि बेपत्ता भएका व्यक्तिको खोजीलाई पनि तीव्रता दिने निर्णय समेत सरकारले गरेको छ । त्यस्तै इजरायलस्थित नेपाली दुतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणाली मार्फत संकलन गर्ने निर्णय पनि भएको छ । सरकारले स्वदेश फर्कन चाहने इजरायलमा रहेका नेपालीलाई सो प्रणालीमा प्रविष्ट गर्न पनि आग्रह गरेको छ । अध्ययन लगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशिघ्र नेपाल ल्याउने प्रवन्ध गर्ने निर्णय गरेको छ । नेपालीहरुको उद्धारका लागि इजरायल लगायत अन्य मूलुकसंग पनि सरकारले सहयोगको अपिल गरेको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक