20231004

माफीदिँदै जेलमुक्त, बाँकी रहेका पनि जेलमुक्त गर्दै, यस्तो भए पछि देश छोड्ने को लर्को नलागेर के देश फर्किनेको लर्को लाग्छ त ??


 हत्या अपराधमा संलग्न धेरै माओवादीलाई प्रचण्डले माफीदिँदै जेलमुक्त गरिसके, बाँकी रहेका पनि जेलमुक्त गर्दैछन । देश कसरी बस्न लायक होस ! राम्रो चालचलन भएका कैदीले कात्तिक १ देखि जेलबाहिर बस्न पाउने भन्दै माओवादीका हत्या, अपराधमा संलग्न बाँकी कैदीहरुलाई पनि बाहिर निकाल्दै छन । प्रचण्डले रामचन्द्रलाई माफी सिफारिस गर्ने, रामचन्द्र प्रचण्डको सिफारिस मान्दै माफी दिँदै जेलमुक्त गर्दै, काँग्रेस एमालेहरुलाई बेकुफ र दाश बनाउँदै थाङ्नामा सुताइरहेका छन प्रचण्ड र उनका मतियारहरु । बुझ्ने कसले ? बुझाउने कसले ?

 यस्तो भए पछि देश छोड्ने को लर्को नलागेर के देश फर्किनेको लर्को लाग्छ त ??

कुनै बेलाको "शान्ति क्षेत्र नेपाल" अहिले अशान्त नेपाल बनाइसके । अब हामी धार्मिक, जातिय, क्षेत्रिय, साम्प्रदायिक मुडभेडको नजिक पुगिसकेका छौं । रुवान्डा, सोमालिया, अफगानिस्तान, श्रीलँका लगायतका देशहरुको बाटोमा छौं ।

पढ्ने विद्यार्थी देखी पढाउने शिक्षक, प्राध्यापक बाहिर, काम गर्ने मजदुर देखी काम गराउने सम्म बाहिर, डाक्टर, नर्श, पत्रकार, कलाकार, बैज्ञानिक, खेलाडी सब बाहिर । अझ भनौ सक्ने जति निस्की सके, अरु निस्किने क्रममा छन । ज्यानमारा, अपराधी, गुण्डा, दले र दलेका सिमित झोले बाहेक कसैको खैरियत छैन देशमा । न्याय मरेको धेरै भैसक्यो । 

देश बनाउने राजनीति बेश्या नीति बनेको छ । ३२ सिटे अपराधीले मै हुँँ भन्ने काँग्रेस एमालेको कहिले यता त कहिले उता गर्दै ढाडमा चढेर टाउकोमा हानिरहेको छ, शासन गरिरहेको छ । नियम कानुन केबल निरिह जनतालाई लागु हुन्छ, अपराधी, हत्यारा, लुटेरा र भ्रस्टहरुलाई होइन । 

देश केही मुठ्ठीभर अपराधी, भ्रस्ट, लुटेराहरुका लागि स्वर्ग बनेको भए पनि आम जनताका लागि नर्कमा परिणत भैसकेको यो सुन्दा तितो लाग्ने तर सत्य यही हो । सारमा भन्नु पर्दा देश राक्षसी राजमा परिणत भैसकेको छ, चेतना भया !

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक