20231030

अस्ट्रेलियाको सिड्नी र एडेलेड शहरमा आयोजित कार्यक्रमहरुमा यसरी प्रस्तुत भए वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाल, भने राजनीतिक आधारमा विभक्त हुनु दुर्भाग्य

- कमल भण्डारी /  सिड्नी, अस्ट्रेलिया

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई अस्ट्रेलियाको सिड्नीमा आयोजित एक विशेष कार्यक्रममा रुपन्देही सोसियल नेटवर्क अस्ट्रेलियाले भव्य स्वागत र वहाँको सम्मानमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । अस्ट्रेलिया भ्रमणका क्रममा सिड्नी पुगेका खनाललाई अस्ट्रेलियावासी नेपालीहरूको तर्फबाट आयोजना गरिएको उक्त कार्यक्रममा खनालले विभिन्न गीतहरू गाएर उपस्थित जनसमुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई नेपाली राजनीति र गुटबन्दीबाट परै बस्न सुझाउनुभएको थियो ।   

कार्यक्रममा रुपन्देही सोसियल नेटवर्क अस्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलले वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई अस्ट्रेलियामा स्वागत गर्दै वहाँको बारे र वहाँका बहु आयामिक पक्षका बारेमा परिचय पस्किनुभयो । वहाँले दसैँ तिहार र छठ पर्बको शुभकामना पनि दिनु भयो । वहाँले खनाललाई मायाको चिनो पनि प्रदान गर्नुभयो ।  


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खनालले राजनीतिक आस्थाका आधारमा नेपालीहरू विभक्त हुनु दुर्भाग्य भएको बताउँदै नेपाल र नेपाली मात्र दुई शब्द भित्र सबै एकै ठाउँमा अट्न र बहुत कुछ गर्न सकिने तर्क राख्नुभयो । वहाँले हामी जहाँ रहे पनि सबै भन्दा पहिला नेपाली हौँ त त्यस पछि बल्ल अरू हुन सकिने बताउँदै एन आर एन मा भइरहेको राजनीति प्रति पनि असहमति प्रकट गर्दै एन आर एन सबैको साझा संस्था बन्नु पर्ने बताउनु भयो । खनालले देश बिदेशमा रहेका सबैलाई दसैँ तिहार र छठ पर्बको शुभकामना पनि दिनुभयो ।  


वरिष्ठ समाजसेवी तथा समस्त नेपालीका अभिभावक डा. नारायण प्रधान ,फ्रेन्काका उपाध्यक्ष डा. मधुसूदन पुडासैनी, गुल्मी समाजका अध्यक्ष कमला बस्नेत, RSNA का पूर्व सल्लाहकार एवं समाजसेवी रामजी विष्ट, प्राध्यापक सङ्घका निवर्तमान अध्यक्ष गोपाल पाण्डे, संस्थाका संरक्षकहरू क्रमशः संस्थापक अध्यक्ष राज खनाल , संरक्षक कृष्ण गैरे, ईश्वर पोखरेल लगायतकाले संस्था स्थापनाकाल देखि संस्थाले गरेका मानवीय तथा परोपकारी कार्यको सराहना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।


साथै कार्यक्रमलाई सफलता उन्मुख बनाई परम्परागत चाडपर्व तथा रीतिरिवाजको संरक्षणमा आयाम थपियोस् भनेर विभिन्न व्यावसायिक संस्थाहरू क्रमशः एक्सफोर्ड एन्ड भिसा सर्मिसेस , किङ्सफोर्ड इन्टरनेशल इच्चियूट,इन्द्रेणी ग्रुप, ल्यान्ड एन्ड लिज रियल्टी साउथ वेस्ट, श्रेष्ठ होम लोन,न्यु पोखरा ज्वलर्स,आर के पेस्ट कन्ट्रोल एवं रिमुभल सर्मिसेस , प्रोपर्टी पल्स लगायतका संस्थाले सहकार्य एवं समन्वय गरेका थिए भने कार्यक्रममा संस्थाका सल्लाहकार,कार्यसमितिका पदाधिकारी सदस्यहरू , सङ्गीत तथा कला प्रेमीहरू ,नेपाल तथा अस्ट्रेलियामा रहनु भएका अभिभावक समुदायका अगुवा तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । 


यसै गरी खनालको स्वागत र सम्मानमा अस्ट्रेलियाको अर्को सहर एडेलेडमा पनि नेपाली समुदायहरूको आयोजना र पुराना नेपाली इतिहास भनेर चिनिने  समाजसेवी दीपक बिस्टको पहलमा अर्को विशेष कार्यक्रमको आयोजना गरियो । 


कार्यक्रममा रामप्रसाद खनालले आफ्ना केही कविताहरू वाचन गर्दै समुदायले राखेका विभिन्न जिज्ञासाहरूको जबाफ दिनुभएको थियो । उक्त कार्यक्रममा खनाललाई राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रका प्रश्न हरू गरिएका थिए । खनालले सबैका उत्तर फर्काउँदै राजनीति जोड्नका लागि हुनुपर्ने मा तोड्नका लागि भइरहेको र त्यसैले गर्दा नेपालीहरू नेपालमा मात्र नभएर विदेशमा पनि विभक्त भइरहेको बताउँदै नेपाली फोहोरी राजनीतिबाट टाढा रहन र विदेशमा रहे पनि आफूले विदेश बाट सिकेका राम्रा कुराहरू मार्फत मातृभूमिको गुन तिर्न सबैलाई आह्वान गर्नुभयो । 


समाजसेवी दीपक विष्ट, राजु पौडेल उपाध्याय लगायतका विभिन्न व्यक्तित्वहरूले खनालका बहु आयामिक पक्षका बारेमा आफ्ना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उक्त सहरमा रहेका नेपाली समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो । 


खनाललाई अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोखरेलले क्यानबेरा स्थित नेपाली राजदूतावासमा पनि स्वागत गर्नुभएको थियो ।   

                                  













Photos : Kamal Bhandari


साभार: इनेप्लिज   

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक