20231006

काठमाडौं उपत्यकामा साताव्यापी सञ्चालित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह - २०८०” समापन

काठमाडौं उपत्यकामा साताव्यापी सञ्चालित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह - २०८०” शुक्रबार एक कार्यक्रमका बिच समापन भएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरि ट्राफिक सप्ताह २०८० को समापन गरिएको हो । "बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न" भन्ने ट्राफिक स्लोगानलाई सम्झदै कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका उपप्रमुख डंगोलले  सडक सुरक्षामा ट्राफिक प्रहरीको मात्र नभएर सबैको जिम्मेवारी उत्तिकै रहने र ट्राफिक सप्ताह कार्यक्रमको आज समापनको दिन भएतापनि यो सडक सुरक्षाको सवालमा भने सुरुवातको रुपमा लिनुपर्ने बताउनु भयो । 

यस्तै, आगमी तीन महिना भित्र काठमाडौँ उपत्यकाका मुख्य चोकमा सि.सि क्यामेरा र ट्राफिक लाईटको व्यवस्था  गर्ने, सडक धुलो रहित बनाउने र सडकमा भएका खाल्डा खुल्डी पुर्ने योजना समेत रहेको पनि उँहाले बताउनु भयो । 

ट्राफिक सप्ताहको प्रभावकारिताबारे कार्यक्रममा सहभागी सबैलाई प्रकाश पार्नु हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले" विश्वभर करिब साढे १३ लाख भन्दा बढी मानिसले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको र नेपालमा भने औषत दैनिक ६ जनाको दरले वार्षीक रुपमा करिब २५ सय जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नु हुँदै जिवन रक्षा जस्तो बिषयमा संवेदनशिल हुनुपर्नेमा जोड दिंदै स्वागत मन्तव्य राख्नु भएको थियो । 

ट्राफिक सप्ताहको अवसरमा करिब ५,२६५ जना स्वंमसेवक परिचालन गरिएको, २,५६० जनालाई ट्राफिक सचेतना प्रशिक्षण प्रदान गरिएको, ८६५ जना चालक तथा परिचालकको स्वास्थ्य परिक्षण गर्नुकासाथै ८० हजार ट्राफिक चेतनामूलक स्टिकरहरू वितरण गरिएको जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्नुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, वरिष्ठ कलाकार मनोज गजुरेल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर लगायतले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक