20231030

आजसम्म पनि नेपाल किन बनेन ? - उमेश सुबेदी

 जहिले पनि सत्तामा बस्नेमाथि प्रतिपक्ष यानेकी सत्ता बाहिर बस्नेले असहिष्णु व्यबहार देखाइरह्यो । सत्तामा बस्नेको बिरोध गर्नु,आफू सत्तामा जाने प्रयास गर्नु सामान्य हो । सत्ताघटकको आलोचना गर्नु अत्यन्तै राम्रो र उन्नत लोकतान्त्रिक अभ्यास पनि हो । उक्त आलोचनाबाट सच्चिनु सत्तारुढ दलको कर्तव्य,दायित्व र बाध्यता सबै हो । तर,नेपालमा यो ढंगको काम कहिल्यै भएको देखिदैन । कुरो गरौं राणा शासनदेखिको,जंगबहादुर नेपाली जनताले रुचाएर सत्तामा आएका थिएनन्,उनी विदेशी (तत्कालीन इस्ट इन्डिया कम्पनी )को आशिर्वाद,निगाहमा सत्तामा आएका थिए । राणा शासन विदेशी निगाहमा शुरु भयो । उक्त शासन जनता रिझाएर चल्नुपर्नेमा विदेशी रिझाएर टिक्ने र चल्ने भएपछि काम कसको होला ? आफैं बिचार गरौं  । यद्यपि राणाहरुले अहिलेका नेता जस्तो देश विदेशीलाई सर्लक्कै बुझाएका भने थिएनन् । 

विश्वमा उपनिवेश चलाइरहेको शक्ति आफै कमजोर बनेपछि राणाहरु कमजोर नबन्ने कुरै भएन,उनीहरू सत्ता बाहिर त पुगे तर,अर्को विदेशी शक्तिको रोजाईमा कांग्रेस र उसका नेताहरु पुगे भलै जनतालाई राणा शासनविरुद्ध कांग्रेसको आन्दोलन देखाइयो मोहरा जनतालाई बनाइयो वास्तविकता त्यस्तो थिएन । फेरि हामी कहाँ एउटाको अस्तित्व अर्कोले नस्विकार्ने अत्यन्तै गलत संस्कृतिको विकास भैसकेको थियो । सत्तारुढ दल होस् या प्रतिपक्षी दल होस् सत्तामा टिक्न र सत्तामा उक्लिन विदेशीको बुइ चढेर मात्रै सम्भव छ भन्ने अत्यन्तै घटिया सोंचले आज देशको यो हालत भएको हो । सत्तामा पुग्न या बसिरहन हाम्रा नेता या दलहरूले घरमा आगो झोसेर खरानीको व्यापार गर्न समेत पछि परेनन् ।

  ७ साल होस्,१७ साल होस्,४६ साल होस्,५२ साल होस् या ६२/६३ साल होस् यी सबै घर जलाएर खरानी बेच्ने कडी नै हुन् । होईन भने ४६ को परिवर्तनपछि देश एउटा लयमा जान थालेको थियो । दलहरुभित्र आन्तरिक कलह किन विकास गरियो ? ५०/५१ तिर नेपालको आर्थिक वृद्धि अहिलेसम्मकै उच्च थियो । किन त्यतिबेला पूर्ण बहुमत पाएको सरकार चल्न सकेन ? के कांग्रेसको आन्तरिक कलह सामान्य सत्ताका लागि मात्रै थियो या नेपाल समाप्त पार्ने डिजाइन अन्तर्गत थियो ? ४६ को परिवर्तन भएको ६ वर्ष पुग्दा नपुग्दै हतियार बोकेर हिंसात्मक युद्ध किन गराइयो ? हामीले घरभित्रको झगडामा विदेशीलाई किन महत्त्वपूर्ण स्थान दियौ ? आफ्नो घरको झगडामा सत्तामा पुग्न आफ्नै घर भित्रको अर्को शक्तिको विरुद्धमा विदेशीसँग मिलेर किन देश कमजोर पार्‍यौ ? सत्तामा पुग्ने घटिया सोंच र सत्तामा रहने घटिया सोंच बोकेर विदेशीसामु लम्पसार पर्दा आज देश यो हालतमा पुगेको हो । सत्तामा पुग्न सरकारले गरेको राम्रो काम किन राम्रो भन्न सकेनौ ? अर्को पटक आफै सत्तामा पुग्दा पहिलेको सरकारले गरेको राम्रो कामलाई किन निरन्तरता दिन सकेनौ ? सत्तामा हुँदा प्रतिपक्षको किन सँधै मुख थुनिरह्यौ ? हामी जनता होईन विदेशी रिझाउन लाग्यौ र आजसम्म पनि देश बनेन । 

आज पनि ६२/६३ पछि हामी सत्ताबाहिर हुनेले सत्तामा हुनेले गरेको राम्रो कामै देखेनौ,सत्तामा हुनेले जनता र प्रतिपक्षको मत्लब गरेनौ तर,विदेशीलाई केन्द्रमा राखिरह्यौ र यो अवस्था आयो । अहिले पनि राजावादी र गणतन्त्रवादी भएर विभाजित भएका छौँ । यी दुबै शक्तिलाई देश र जनता चाहिएको होईन केवल सत्ता र शक्ति मात्रै चाहिएको हो । अत: स्मरण रहोस् कुनै पनि व्यवस्था साधन हो साध्य होईन,समाधान त नेतृत्वले गर्ने हो । अब त्यसको खोजीमा लागे मात्रै देश समृद्ध  बन्छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक