20231003

नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु, हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक



 जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मङ्गलवार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए। केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो । मङ्गलवार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो ।नेपालगञ्ज सहर तनाबग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको भए पनि स्थीति नियन्त्रण बाहिर गएको छ । हिन्दु र मुस्लिम समुदायबिच अचानक तनाब बढे पछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको थियो तर चोक चोकमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन भईरहेको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले आज  दिउसो १ः ०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१०)  ३० बमोजिम कर्फ्यू आदेश जारी गरेर स्थीति नियन्त्रणमा लिने प्रयास गरेको हो । अचानक दिउँसो देखी स्थीति असहज हुदैँ गए पछि जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासहितको चार किल्ला सिमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले सो क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्‍याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनका अनुसार गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको ‘हिंसात्मक’ स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्‍याली आयोजना गरेको थियो भने आज मात्रै ओमकार परिवार हिन्दु समाजले निकालेको रयालीको क्रममा विवाद दुबै पक्षबिचमा असहज स्थीति उत्पन्न हुन गएको थियो । नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भए पछि  कर्फ्यू लगाउनु परेको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए । 



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक