20231003

बिशुद्ध सामाजिक परोपकारी संस्था हिमानी ट्रस्ट अमेरिकाको पहिलो साधारण सभा अमेरिकाको भर्जिनियामा भब्य रुपमा सम्पन्न


 बिशुद्ध सामाजिक परोपकारी संस्था हिमानी ट्रस्ट अमेरिकाको पहिलो साधारण सभा अमेरिकाको भर्जिनियामा भब्य रुपमा सम्पन्न भएको छ । उक्त संस्थाका अमेरिका अध्यक्ष एबम समाजसेबी हरि शर्माले दुई बर्षमा ट्रष्टले गरेको प्रगतिको बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो ।   महासचिव आनन्दू लामाले अहिलेको २ बर्षमा २५ राज्यमा यस्को च्याप्टर स्थापना गर्ने उद्घोष गर्नु भयो । कार्यक्रममा अमेरिकाका ८ राज्यबाट प्रतिनिधित्व भएको समेत लामाले जानकारी दिनुभयो । कन्भेनर एबम समाजसेबी अरुण रुपाखेती, सुनिता खत्री लगायतका बक्ताले सामाजिक परोपकारी संस्था हिमानी ट्रस्ट अमेरिकाको बारेमा प्रकाश पार्दै आ आफ्ना मन्तब्य राख्नु भयो ।   कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक / अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम पत्रकार रामप्रसाद खनाल, दिलीप नेपाल, सुगन्ध श्रेष्ठ, साक्षी लामिछाने लगायतका कलाकारहरुका गीत र के सी डान्स सेन्टरद्वारा प्रशिक्षित कलाकारको नाच प्रस्तुत गरिएका थिए ।   

  श्रृजना उप्रेती , समाजसेवी तथा डि सि नेपाली समाजका कमल पोखरेल तथा आनन्दू लामाले सन्चालन गर्नु भएको उक्त कार्यक्रमको शुरूवातमा ७ बर्षीय बाबुले गुरूबन्दनाबाट शुरू गरिएको थियो ।     हिमानी ट्रष्ट अमेरिकाका सबै राज्यका सदस्यहरूलाई सपथग्रहण गराइएको उक्त कार्यक्रममा कार्यक्रमको अन्त्यतिर हिमानी शाहको रेकर्डेड शुभकामना समेत सुनाइएको थियो । 








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक