20231005

गैरकानुनी आप्रवासीको शरण र वसाइसराई सम्बन्धी विषयमा युरोपियन युनियन सदस्य राष्ट्रहरु सहमतीमा पुगे !

 गैरकानुनी आप्रवासीको शरण र वसाइसराई सम्बन्धी विषयमा युरोपियन युनियन सदस्य राष्ट्रहरु सहमतीमा पुगेका छन् । युरोप प्रवेश गरेका आप्रवासी सम्बन्धमा एउटै नियम लागु गरेर समस्या समाधान गर्ने पक्षमा सदस्य राष्ट्रहरुले सहमती गरेका हुन् । युरोपियन युनियन आवद्ध २७ राष्ट्रले संकटकालिन नियम लागु गर्न लागेका हुन । युरोपका सिमाहरुमा आप्रवासीको प्रवेशलाई कम गर्नेमा सबै सदस्य राष्ट्र एक स्थानमा पुगेको स्विडेनका आप्रवासी सम्वन्धी मन्त्री मारिया मालमेरले बताउनुभएको छ । युरोपियन युनियनको आगामी वर्ष हुने चुनाव अघि नियम पारित गरिसक्ने लक्ष्य लिइएको छ । आप्रवासी उद्धार सम्बन्धी दातृ संस्थाका विषयमा जर्मनी र इटालीबीच मतभेद सुरु भएपछि इयुले

समान ल्याउने प्रक्रिया सुरु गरेको हो । भुमध्य सागर हुँदै हजारौं अप्रवासी युरोप प्रवेश गर्ने गरेका छन् । इटाली, हंगेरी, पोल्याण्ड र जर्मनी आप्रवासी सम्बन्धी निती विषयको केन्द्रमा छन् । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक