प्रधानन्यायाधीश श्रेष्ठले पाटन अदालतको नवनिर्मित भवनबाट हुने न्यायसम्पादनले सर्वसुलभ, गुणस्तरीय र सहज पहुँचमार्फत न्यायालयको जनविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयमा उच्च कार्यबोझ र जनशक्तिको कमी रहेको बताउँदै अदालतको भौतिक पूर्वाधार निर्माण सरोकारवालाको प्राथमिकता नपरेको गुनासो गर्नुभयो । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाले न्यायालयबाट सम्पादित न्याय भरोसा योग्य र जनविश्वास जगाउने हुनुपर्ने बताउनुभयो ।
वरिष्ठतम न्यायाधीश खतिवडाले न्यायपरिषद् र न्यायालयबाट गर्ने सबै काम कारवाहीको औचित्य, आधार र कारण रहेको भन्दै यसमा प्रश्न गर्नुपर्ने औचित्य नभएको बताउनुभयो । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको स्वतन्त्रता मात्र नभएको भन्दै स्वतन्त्र न्यायपालिकाको मान्यता अनुरुप साधनस्रोत र आर्थिक स्वतन्त्रता पनि महत्वपूर्ण हुने बताउनुभयो ।
उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलले सीमित स्रोतसाधनका बीच भवन निर्माण कार्य सम्पन्न भएको र यसले कार्य वातावरण प्रभावकारी बनाउँदै न्याय सम्पादनमा सहजता थप्ने बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भवन निर्माणसँगै यसको मर्मत र सरसफाई महत्वपूर्ण पाटो रहेको बताउँदै यसतर्फ ध्यान दिन सुझाव व्यक्त गर्नुभयो ।
नेपाल बार एसोसिएसन पाटन बारका अध्यक्ष शान्तिराम खतिवडाले पाटन अदालतले उच्च कार्यबोझका बाबजुद गरिरहेको मुद्दा फर्छ्यौट राम्रो पक्ष रहेको बताउनुभयो । अध्यक्ष खतिवडाले न्यायपरिषद्ले योग्यता क्रममा फेरबदल हुने गरेको गरेको नियमावली संशोधनमा असन्तुष्टि रहेको बताउँदै त्यसलाई सच्याइनुपर्ने बताउनुभयो ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक