20231009

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाकी श्रम सम्वन्धि अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई


 यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाकी श्रम सम्वन्धि अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई दिइने भएको छ । रोयल स्विडिस एकेडेमीले एक कार्यक्रमबीच अर्थशास्त्री गोल्डिनलाई विजेता घोषणा गरेको हो । महिला श्रम बजारका परिणामबारेकोे बुझाइलाई परिष्कृत गरेकोमा गोल्डिनलाई नोबेल अर्थशास्त्र पुरस्कार दिन लागिएको एकेडेमीले जनाएको छ । गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गर्दै आएकी छन् । उनको अनुसन्धानले परिर्वतनको कारण र लैंगिक अन्तरको मुख्य स्रोत पनि पत्ता लगाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक