20231009

अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजार भन्दा बढीको मृत्यु, ९ हजार २ सय ४० जना घाइते


 अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजार भन्दा बढीको मृत्यु भएको छ । ६ दशमलव ३ म्यानिच्युडको भूकम्पपछिका तीन ठूला परकम्पका कारण सयौं घरहरु ध्वस्त भएको अलजजिराले उल्लेख गरेको छ । भूकम्पमा परी ९ हजार २ सय ४० जना घाइते भएका छन् । १ हजार ३ सय २० घरमा क्षति पुगेको छ । भग्नावशेषमा पुरिएर बेपत्ता भएकोको खोजी र उद्धारको कार्य जारी रहेको तालिबान सरकारका प्रवक्ताले बताएका छन् । तत्काल प्रभावित क्षेत्रमा टेन्ट, स्वास्थ्य सामग्री र खाद्यान्नको आवश्यकता रहेको बताएको छ । तालिबानले अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा व्यवसायीलाई सहयोगका लागि अपिल समेत गरेको छ । संयुक्त राष्ट्रसंघले आत्वश्यक सामग्रीको आपूर्ति सुरु गरिसकेको जनाएको छ । आर्थिक संकट खेपिरहेको अफगानिस्तनमा उद्धार, राहत कार्य सरकारका निम्ति चुनौती पूर्ण छ ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक