20230908

अफ्रिकी मुलुक मालीको नदिमा यात्रु सवार डुङ्गामाथि विद्रोही इस्लामिक समूहले आक्रमण गर्दा ६४ जनाको जनाको मृत्यु

 अफ्रिकी मुलुक मालीको नदिमा यात्रु सवार डुङ्गामाथि विद्रोही इस्लामिक समूहले आक्रमण गर्दा ६४ जनाको जनाको मृत्यु भएको छ । मारिनेमध्ये ४९ जना सर्वसाधारण र १५ जना सेना रहेको बीबीसीले जनाएको छ । नाइजर नदीमा गाओ शहरबाट मोप्टी तर्फ जाँदै गरेको सो डुङ्गामा रकेट आक्रमण भएको भएको जनाइएको छ । अलकायदा र इस्लामिक स्टेटबीच द्धन्द्धका कारण मालीमा पछिल्लो समय यस प्रकृतिको घटना जारी रहेको जनाइएको छ । विद्रोही पक्षको गतिविधि नियन्त्रणका लागि माली सरकारले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । त्यस्तै, सर्वसाधारण तथा सेना मारिएको भन्दै मालीमा ३ दिनसम्म शोक मनाइने घोषणा गरिएको छ । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक