20230930

विष्णुशीतल फ़ाउन्डेशनद्वारा सामाजिक सेवाको शुरुवात गर्दै रामबाबू विष्ट प्रतिभा पुरस्कारको सौजन्य

प्रस्तावित विष्णुशीतल फ़ाउन्डेशनले सामाजिक सेवाको शुरुवात गर्दै रामबाबू विष्ट प्रतिभा पुरस्कारको सौजन्य गरेको छ । काठमाडौ उपत्यकाको कीर्तिपुर नगरपालिका वडा नं ५ विष्टगाउँ निवासी स्वर्गीय रामबाबू विष्टको नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पवित्र भावनाको सम्मान स्वरुप स्थानीय विद्यालयमा उत्कृष्ठ छात्रालाई ससम्मान पुरस्कृत गरेर यो सेवाको शुरुवात गरेको हो । 

 कीर्तिपुर नगर पालिकाको भत्केपाटीस्थित बालकुमारी माध्यमिक विद्यालयकी छात्रा भगवती श्रेष्ठलाई २०७९ सालको एसईई परीक्षामा विद्यालयमा छात्रातर्फ सबैभन्दा बढी अंक(जिपीए ३.३५) ल्याई माध्यमिक शिक्षा उत्तीर्ण गरेकोमा  उक्त पुरस्कार प्रदान गरिएको थियो । 

  यही असोज १२ गते एक कार्यक्रम आयोजना गरी विद्यालयले छात्रा श्रेष्ठलगायत कक्षा एकदेखि १० सम्मका प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । 

  कार्यक्रम आयोजना गर्न र पुरस्कार वितरण ब्यबस्थापन गर्न फ़ाउण्डेशनलाई मनमैंजु साँस्कृतिक समाजका अध्यक्ष तथा बरिष्ठ लोक गायक ध्रुबराज खड्का, कृषि सञ्चार रेडियो प्रसारक तथा गीतकार श्यामकृष्ण रिजाल बरिष्ठ सञ्चार कर्मी एवम जिएनएन टेलिभिजनका प्रबन्ध सम्पादक चन्द्र बानियाँले सहजीकरण गर्नु भएको थियो । बरिष्ठ सञ्चार कर्मी बानियाँले विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने  यस्ता कार्यक्रमबाट  उज्वल भविष्य भएका बालबालिकामा थप उर्जा प्राप्त हुने  र प्रतिश्पर्धात्मक क्षमता विकास हुने भएकाले पुरस्कार र सम्मानको विशेष महत्व हुने धारणा राख्नु भएको थियो । 

   छात्रा श्रेष्ठलाई फ़ाउन्डेशनले नगद १० हजार पुरस्कार तथा प्रमाण पत्रद्वारा सम्मान गरेको थियो । उनलाई अरु पनि धेरै संघ संस्था एवम ब्यक्तिले पनि पुरस्कृत र सम्मान गरेका थिए । कार्यक्रम आयोजना गरी फ़ाउन्डेशनको उद्देश्य अनुरुप प्रतिभालाई प्रोत्साहन गर्न विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिमाल कार्की एवम प्रधानाध्यापक पुष्पसिंह थापामगरले पनि सहजीकरण गरीदिनु भएको थियो । 

   कार्यक्रममा बरिष्ठ लोक गायक ध्रुबराज खड्काले स्वर्गीय विष्टको सामाजिक भावना र नव प्रतिभाहरुलाई सधैँ प्रोत्साहित गर्ने आकांक्षा रहेको संमरण गर्नु भएको थियो । प्रतिभा पुरस्कार स्वर्गीय विष्टकी धर्म पत्नी लीला विष्टको हातबाट प्रदान गरिएको थियो । 

  प्रस्तावित विष्णुशीतल फ़ाउन्डेशन अमेरिका र नेपालका सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरु लिएर जाने तयारीमा रहेको यसका संरक्षक विष्णु पौडेल शीतलले जानकारी गराउनु भएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक