20230920

सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरे !


 सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको हो । शिक्षकहरुको आन्दोलनका कारण आज दिनभरजसो काठमाडौँको ट्राफिक अस्तव्यस्त रह्‍यो ।

माइतीघर मण्डलामा भेला हुन विभिन्न ठाउँबाट शिक्षकहरु आउँदा सडकमा ट्राफिक जाम भएको थियो । मण्डला भएर आवतजावत गर्ने सवारी साधनहरुलाई भने फरक रुटबाट संचालन गर्नुपर्ने व्यवस्था मिलाइएको थियो । महासंघले शिक्षा मन्त्रालयसँगको वार्ता अस्वीकार गरेको थियो । हिजो शिक्षा मन्त्रालयमा वार्ताका लागि आव्हान गरेको भएपनि महासंघका प्रतिनिधि सहभागी भएनन ।

संसदमा रहेको शिक्षा विधेयक संसदीय समितिमार्फत परिमार्जन गर्न सकिने भएकोले संसदीय वार्ता समितिसँग मात्र वार्ता गर्ने महासंघले जनाएको छ । वार्ता नहुन्जेल महासंघले भोलिदेखि देशभरका सबै सार्वजनिक विद्यालय अनिश्चितकालका लागि वन्द गर्ने घोषणा गरेको छ । यता काठमाडौँ महानगरपालिकाले भने विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।”महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ ।

आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताउनुभयो । यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।

****************

सुत जनता अझै सुत - रामप्रसाद खनाल

सुत जनता हो अझै सुत
घुरेर सुत
सपनामै फुरेर सुत
उज्यालो भएकै छैन !
मस्त सुत, कुम्भकर्ण जस्तै गरी सुत
उल्लु चरा दिउँसै सुते जस्तै गरी सुत
"सामन्ती राजा" फालेकै छौ
हजार छोँटे राजाहरू पालेकै छौ
गणतन्त्र र लोकतन्त्रका नाममा
सुनखानीका भरियाहरू पालेकै छौ
कलकलाउँदा सन्तान रेमिट्यान्सको आसमा
लाखौँमा बेची बेची विदेश तिर फालेकै छौ
अरू सबै बेचिए त के भो
तिमीहरू बेचिन अझै बाँकीनै छौ
त्यसैले म भन्छु, दोहोर्याएरै भन्छु
सुत जनता अझै सुत
गुहु र मुत आयो भने
बिस्तारमै हग, अनि मुत
सुत जनता अझै सुत,
उठ्नु पर्दैन घुरी घुरी सुत !
जिउँदो लाश बनेर सुत
मुर्दा बस्तीमा झैं चुपचाप सुत !
- सेप्टेम्बर १७, २०८०

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक