20230930

हिमानी ट्रष्ट अमेरिकाको बार्षिक साधारण सभा र नेपाल जोड्ने सेतु

 - मोहन निरौला, (भर्जिनिया, अमेरिका)

हिमानी ट्रष्ट अमेरिका ले स्थापनाको दोश्रो बर्ष आफ्नो बार्षिक साधारण सभा अमेरिकाको भर्जिनियामा यहि सेप्टेम्बर ३० मा संस्कृतिक कार्यक्रमको समेत आयोजना गरेर मनाउन लागेको छ। यसको निमित्त आयोजक हरुको  तर्फबाट हिमानी ट्रष्ट अमेरिका को स्थापना को पृष्ठभूमि, हिमानी ट्रष्ट स्थापनाको उद्देश्य र सेप्टेम्बर ३० को कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले हिजो, सेप्टेम्बर २८ मा नेपाली पत्रकार  हरुको अन्तराष्ट्रिय संजाल इन्ज्जा को संयोज़ंनमा जुम मार्फत प्रत्यक्ष भेटघाट र जानकारी पनि गराएको थियो।

नेपाल र बिदेशमा बस्ने नेपालीहरु मध्ये हिमानी ट्रष्टको बारेमा प्राय धरै जस्तो जानकार नै हुनुहुन्छ।  २०५२ साल देखि नेपालमा पुर्व अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाहको अगुवाइमा नेपालका विभिन्न दुर्गम स्थानहरुमा बिशेष गरेर पछाडी परेका महिला तथा बालबालिकाहरु लक्षित परोपकारी कार्यहरु भै रहेका छन् र धेरै कार्यक्रमहरु नेपाल सरकारको समेत समन्वयमा भएका छन्।  त्यो बाहेक प्राकृतिक तथा दैबी प्रकोप र विपत्तिहरुमा पनि हिमानी ट्रष्ट धेरैको सहारा भएको छ। नेपाली राजनीतिज्ञहरुको नैतिक धरातल दिनहुँ खस्किरहेको वर्तमान अवस्थामा र राज्यको पहुँच नपुगेको पिछडिएका महिला तथा बालबालिका तथा बिपत्ति मा हिमानी शाह, हिमानी ट्रष्ट र  पुर्व राजपरिवार को  यो पहलता नेपाली समाज लाई ठुलो  राहत र  शिक्षा को रुपमा समेत हेरिएको छ।  हिमानी ट्रष्टका गतिविधिहरुलाई  यसको अधिकारिक वेब पेज हिमानी ट्रष्ट डट ओआरजी डट एनपी मा पनि हेर्न सकिन्छ। 

अब प्रसङ्ग हिमानी ट्रष्ट अमेरिकाको।  यो अमेरिकी कानुन बमोजिम अमेरिकामा दर्ता भएको गैर नाफामुलक संस्था र यो यहाको राजस्व विभागमा सेवा मुलक सस्थाको रुपमा दर्ता छ र यसले अन्य गरि नाफा मुलक संस्थाहरु सरह अमेरिकी सरकारबाट कर छुटको सुविधा पनि पाएको छ। यसले आफ्ना गतिविधिहरु गर्दा अमेरिकी कानुन बमोजिम बनेको यसको बिधान भित्र बसेर र सबैलाई समान व्यवहार हुने गरि गर्नुपर्छ। र यसलाई देश तथा बिदेशका सेवा मुलक र गैर नाफामुलक संस्थाहरु संग सहकार्य गर्ने छुट हुन्छ र यसै लाई आधार बनाएर हिमानी ट्रष्ट अमेरिकाले नेपालीमा हिमानी ट्रष्ट संग सहकार्य गरेको छ । र यसलाई दिएको सहयोगमा दाता ले पनि कर छुट पाउने व्यवस्था छ। साथै संस्थाले गरेको आम्दानीमा पनि कर छुट हुन्छ र यसले नियमित लेखा परिक्षण तथा कर फर्छ्यौट गर्नु पर्छ।  यसो नगरेमा संस्थाका पदाधिकारीहरु जवाफदेही हुन्छन। हिजो र बिगतमा संथाले गराएको जानकारीमा पनि यसले संकलन गरेको सहयोगको हिसाबकिताब पारदर्शी राख्ने कुरा उल्लेख गरिएको थियो। 


सहयोगको सदुपयोग को विश्वसनीयता  


सामाजिक संस्था, त्यो पनि नाफा रहित संस्थाको आय श्रोत भनेको नै दाता हरुले  दिने सहयोग हो।  हिमानी ट्रष्ट अमेरिकाले आफ्नो मातृभूमि संगको सम्बन्ध र त्यहाँ  बसोबास गर्ने पहुँच नपुगेका, पिछडिएका महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ, जुन हामी देश छोडेर बसेकाहरुको पनि छासो र प्राथमिकताको बिषय हो।  साथै हिमानी ट्रष्ट अमेरिकाले नेपालमा हिमानी ट्रष्ट जस्तो विश्वसनीय संस्था संग सहकार्य गर्नु ले पनि दिएको सहयोगको प्रभावकारिताको ठुलो र भरपर्दो  आधार   हुन  सक्छ। 

 बिदेशमा बस्ने नेपालीहरु अहिले  पनि धेरै भन्दा  धेरै नेपाली संघ  संस्थाहरु मार्फत सहयोग पठाई रहनु   भएको छ र कतिले   आफ्नो व्यक्तिगत  प्रयासमा  पनि नेपालमा सहयोगको  हात  बढाई  रहनु  भएको छ, यो सन्दर्भमा  हिमानी ट्रष्ट अमेरिका र त्यो मार्फत नेपालमा हिमानी ट्रष्ट मा जाने  सहयोग, जस्ताको  तस्तै  र सरोकारवाला  अथवा  लक्षित समूह अथवा बिशेष गरेर पहुँच नभएका, पिछडिएका महिला तथा  बालबालिकाहरु सम्म पुग्न सक्छ। 


उद्धार आवासको व्यवस्था 


हिमानी ट्रष्ट अमेरिकाले गत बर्ष स्वयम्  हिमानी शाह को अतिथ्यमा  संस्थाको समुद्घाटन गरेको थियो। संस्थालाई त्यो समयमा पनि केहि सहयोग प्राप्त भएको थियो। उक्त रकम हिमानी ट्रष्ट अमेरिकाले हिमानी ट्रष्ट संग मिलेर तराई मा बर्सेनि हुने बढी को प्रकोप को समयमा महत्वपुर्ण हुन सक्ने उद्धार घर (शेल्टर होम) जहाँ उद्धार गरेर ल्याइएका परिवारले एकत्रित रुपमा राहत, स्वस्थ सेवा, सफा पिउने पानी जस्ता कुराहरुको समन्वय र सुबिधा  दिन सकिने छ।  बिगतमा र अझै पनि यसरि बढी बाट प्रभावित परिवारहरु लाई ल्याएर राखिने अस्थाई सिबिर, स्कुल वा अन्य भवनमा  समेत पानी को डुबान मा पर्ने गरेको छ। कोहि कसैले एकाध रुपमा पुर्व राज परिवारको सहयोगमा संचालित सामाजिक संस्था लाई राजनीतिक  आँखाले  पनि हेर्ने गरेको पाइयो।  तर सेवा मा जात, धर्म, पारिवारिक वा राजनीतिक पृष्ठभुमि भन्दा यसबाट भएका महत्वपुर्ण सेवाभाव र सेवा को कर्मलाई मुल्यांकन गर्नु महत्वपुर्ण हुन्छ। हामी पनि यस्तो पूर्वाग्रह वा दुराभव छ भने त्यो बाट माथि उठेर, आफ्नो क्षमता, प्राथमिकता र तत्परता अनुसार सहयोग गर्न हातेमालो गरौ।  

साथै यस्ता सामाजिक संस्थाहरुका गतिबिधिहरु पनि मातृभूमि  संगको सम्पर्क वा लगाव लाई नियमित र ताजगी राख्ने साथै त्यहाँ बसोबास गर्ने र खास गरेर सेवा सुविधामा पहुँच नपुगेका, पछाडी परेका, महिला, बालबालिका, प्राकृतिक बिपत्ति जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग गर्ने कुराहरु प्राथमिकतामा परुन । हिमानी ट्रष्ट अमेरिका ले पनि विदेशमा र खास गरेर अमेरिकामा बस्ने नेपालीहरुलाई नेपाल र नेपालीहरु संग जोदिरखने र मत्रिबुमिको दुख सुखमा सहयात्री र सहयोगी बन्ने कुरामा तात्विक र महत्वपुर्ण योगदान देओस। र हामी सबै पनि हिमानी ट्रष्ट अमेरिका र यस्ता संस्थाहरु लाई राम्ररी चिनेर र नेपाल संग जोडीइ रहन र परेको समयमा सहयोगी बन्न पाइयोस।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक