20230902

चन्द्रयान थ्रीको सफल अवतरणपछि भारतले सूर्यको अध्ययनका लागि आदित्य एल वानको प्रक्षेपण, कोरियाली प्रायद्धिपको दक्षिण तटीय क्षेत्रबाट उत्तर कोरियाले दर्जनौँ व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण


 चन्द्रयान थ्रीको सफल अवतरणपछि भारतले सूर्यको अध्ययनका लागि आदित्य एल वानको प्रक्षेपण गरेको छ । भारतले पहिलो पटक सूर्यको अध्ययनका लागि आदित्य एल वान प्रक्षेपण गरेको हो । भारतको आन्द्र प्रदेशस्थित श्रीहरीकोटाबाट बिहान ११ बजेर ५० मिनेटमा आदित्य एल वानको प्रक्षेपण गरिएको छ । पृथ्वीबाट सूर्यसम्म १५ लाख किलोमिटर दूरीमा रहेर अध्ययन हुने भारतीय वैज्ञानिकले बताएका छन् । आज प्रक्षेपण गरिएको आदित्य एल वान सूर्यको नजिक पुग्न कम्तिमा ४ महिना लाग्ने भारतीय स्पेस एजेन्सीका वैज्ञानिकको भनाई छ । पृथ्वी र सूर्यबीचको कुनै एक निश्चित स्थानमा रहेर आदित्य एल वानले सूर्यको अध्ययन गर्ने छ ।

उता कोरियाली प्रायद्धिपको दक्षिण तटीय क्षेत्रबाट उत्तर कोरियाले दर्जनौँ व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ ।समुन्द्री क्षेत्रबाट दुई वटा व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको दुई दिनपछि उत्तरले आज विहानै अन्य दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।


उत्तर कोरियाली कदमलाई दक्षिण कोरियाविरद्ध निरन्तर आणविक हमलाका रुपमा व्याख्या गरिएको छ ।अमेरिका र दक्षिण कोरियाली सेनाले एलोसीमा गरेको संयुक्त सैन्य अभ्यास विरुद्ध उत्तरले सो कदम चालेको अलजजिराले उल्लेख गरेको छ । लगानार ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने उत्तर कोरियाली कदमलाई नजिकबाट नियाली रहेको दक्षिण कोरियाली सैन्य प्रमुखको भनाईलाई उदृत गर्दै योन्हाफ न्युज एजेन्सीले जनाएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक