20230806

लुटतन्त्रको अर्को नाङ्गो रुप : बागमती प्रदेशमा गठबन्धन दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप

 बागमती प्रदेशमा गठबन्धन दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरिएको छ । सत्ता गठबन्धन दलभित्र भागबन्डा मिलाउन मन्त्रालयको सख्या ११ बाट १२ पुर्‍याइएको हो । आइतबार मन्त्रालयको सङ्ख्या थप गरेर विना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिइएको छ । गत जेठ ७ गते मन्त्रीमा नियुक्त हुनुभएका चित्रकारलाई ७७ दिनपछि आइतबार उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।मन्त्री चित्रकारलाई पर्यटन मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयबाट मन्त्रालय अलग्याएर मन्त्रालयको जिम्मा दिएको हो । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चित्रकारलाई विभाग तोक्ने विषयमा छलफल चलेको र आज आइतबार मन्त्रालयको टुङ्गो लागेको उहाँको सचिवालयले जनाएको छ । चित्रकार कांग्रेस बागमती प्रदेशको संसदीय दलका उपनेता हुनुहुन्छ ।

बागमती प्रदेशमा मन्त्रालय बढेसँगै काँग्रेसले ६ मन्त्रालय पाएको छ । काँग्रेसले वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ ।

माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय गरी ४ मन्त्रालयमा नेतृत्वमा छ गरेको छ । यस्तै एकीकृत समाजवादीले कृषि तथा पशुपन्छी विकास र श्रम रोजगार तथा यातायात गरी दुईवटा मन्त्रालय पाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक