20230609

एउटा जिउँदो बहाल वाला जिल्ला न्यायाधीश भेटिए आज जो बहाल वाला कामु र हुनेवाला प्रधान न्यायाधीशका विरुद्ध उजुरी हाल्न, बोल्न र न्यायालयको बेथिति बारे बोल्न सके, छौ अरू कोही ??

 <! प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ विशेष समितिले कार्की विरुद्ध उजुरी दिन हिजोसम्मको समय दिएको थियो । सो समयभित्र २९ वटा उजुरी प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । पाँचवटा इमेलबाट र बाँकी व्यक्ति स्वयं उपस्थित भएर सुनुवाइ समितिमा उजुरी दिएको सचिवालयले जनाएको छ । छ जना उजुरीकर्ता कानुन व्यवसायी रहेका छन् । बहालवाला न्यायाधीशले समेत कार्कीविरुद्ध उजुरी दिएका छन् । अधिकांश उजुरीमा कार्कीको दलीय आबद्धता रहेको आरोप लगाइएको छ । कार्की प्रधानन्यायाधीश भएको खण्डमा समेत असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने भएकाले कार्कीले राज्यबाट पाउने सुविधाको लोभ गरेको आरोप समेत उजुरीकर्ताहरुको छ । कार्कीलाई गत वैशाख १५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । कार्की विरुद्धको उजुरी खोल्न भोलि सुनुवाइ समितिको बैठक बोलाउने तयारी गरिएको सुनुवाइ समितिको सचिवालयले जनाएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक